🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पारस मनि ट्रान्सफरको रकम चोरी गर्र्ने पक्राउ

जनकपुरधाम, १२ साउन (रासस) : मनि ट्रान्सफरको रकम चौरी गर्ने दुई जनालाई  धनुषा जिल्ला इलाका प्रहरी कार्यालयको गस्ती टोलीले  साउन ११ गते शनिबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धनुषा जिल्ला शहीद नगरपालिका वडा नं ३ गोठकुहाका ११ वर्षीय गोविन्द यादव र  सोही वडाका २८ वर्षीय रामुु यादव रहेका छन् ।

पक्राउ परेका यादवले यदुकोहास्थित पारस मनि ट्रान्सफरको सटरको ताल्चा फुटाइ टेबुलको घर्राबाट रु तीन लाख ३९ हजार ५०० रकम चोरी गरेको जनाइएको छ ।

 रकमसहित शङ्कास्पदरूपमा हिँडिरहेको अवस्थामा गोविन्द यादवलाई गस्ती टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रकमसहित पक्राउ परेका गोविन्दलाई इलाका प्रहरी कार्यालय यदुकोहाबाट चोरी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान कार्य शुरू गरिएको छ ।

त्यस्तै अनुसन्धानका क्रममा सोही घटनामा शङ्कास्पद देखिएका रामु यादवसमेतलाई नियन्यणमा लिइ थप अनुसन्धान भइरहेको बताइएको छ ।
–––