🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भूकम्पपीडितलाई ट्याक्सी माछो माछो भ्यागुतो

काठमाडौं । विनाशकारी भूकम्प गएको २६ महिनापछि सरकारले भूकम्पपीडित जिल्लाका १५ सय नागरिकलाई ट्याक्सी दिने निर्णय गरेको छ । १४ जिल्लाका १ लाख ४९ हजार भूकम्पपीडितले ट्याक्सीका लागि आवेदन दिएका थिए । सरकारले गोलाप्रथाबाट ट्याक्सी पाउने १५ सय जनाको नाम निकालेको छ । तर भूकम्पपीडितले ट्याक्सी खरिदमा कुनै करछुट पाउने छैनन् । यातायात ब्यवस्था विभागका अनुसार सरकारले नम्बर मात्र दिनेछ । नाम निस्किएका भूकम्पपीडितले ट्याक्सी खरिदका लागि १७ लाख जुटाउनुपर्नेछ । धेरैजसो ट्याक्सी पर्नेहरूले बैंक वा बित्तीय संस्थाबाट ऋण नलिई खरिद गर्न सक्ने अवस्थाको आर्थिक हैसियतका छैनन् । बैंकको प्रक्रिया पूरा गर्न समेत गाह्रो छ ।
 गोलाप्रथामा नाम निस्किएका रामेछाप दुरागाउ“का विकास पौडेलले सरकारले भन्सार छुटमा ट्याक्सी दिने भनेकाले आवेदन दिएको बताए । तर छुट नदिएकाले १७ लाख रुपैया“ खर्च गरेर ट्याक्सी खरिद गर्ने कि नगर्ने भन्ने दोधारमा छन् उनी । १६ लाख रुपैया“ खर्च गरेर ट्याक्सी खरिद गरेर आफैं चलाउन सके त फाइदा होला चलाउन नसक्नेलाई केही फाइदा नहुने देखेपछि अधिकांश गोलाप्रथामा छानिएकाहरू निराश भएका छन् । ट्याक्सी प¥यो भनेर फुरुङ्ग परेका भूकम्पपीडितहरू १६ लाख रुपैया“ भन्दा बढी खर्च हुने भएपछि जिल्लाराम भएका हुन् । भूकम्पपीडितको लागि आयात भएका ट्याक्सी बिक्री गर्न केही बर्ष रोक लगाइएको छ । जसका कारण भित्रभित्रै लेनदेनको कागज गराउ“दै केही रकम गोलाप्रथामा नाम निस्किएकालाई दिएर ट्याक्सी पुनः पहु“चवालाले नै खरिद गर्ने संभावना देखिएको यातायात ब्यवस्था विभागका अधिकारीले बताए । सरकारले दिएका ट्याक्सीबाट भूकम्पपीडितलाई खासै राहत पुग्न सकेको देखिएन । करछुटमा बढीमा १० लाख रुपैया“सम्ममा ट्याक्सी पाउ“छु भनेर आवेदन दिनेहरू पनि खिस्रिक्क परेका छन् ।  काठमाडौं उपत्यकामा १५ सय ट्याक्सी भित्रिएपछि बढी अस्वस्थ प्रतिस्पर्धा हुने देखेर पुराना ट्याक्सीहरू सस्तो मूल्यमा बिक्री बितरण हुन थालेका छन् ।