🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सीकेले भदौ १ गते काठमाडौंमा पार्टी कार्यालय खोल्ने 

काठमाडौं, साउन २९ । पृथकतावादी अभियानमा लागेका सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनलाई केपी ओली नेतृत्वको सरकारले गतवर्ष फागुनमा  मूलधारमा ल्याउन सफल भएको थियो । मूलधारमा आएपछि आफ्ना गतिविधिलाई साम्य बनाउँदै राजनीतिक आधार तयार गर्न सीके राउत नेतृत्वको पार्टीले लामो समयदेखि आन्तरिक गृहकार्य गर्दै आइरहेको थियो । 

पार्टीको संस्थागत विकासलाई जोड दिँदै सीके राउत नेतृत्वको गठबन्धनले आगामी २०७६ भदौ १ गते ज्ञानेश्वरमा पार्टीको केन्द्रीय कार्यालय स्थापना गर्न लागेको स्रोत बताउँछ । स्रोतका अनुसार, विदेशमा रहेका सीके राउत भदौ १ मा नै नेपाल आउने र पार्टी कार्यालय उद्घाटन गर्ने योजना रहेको बताइन्छ ।