🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तेजपत्ता खाऔं, मधुमेहबाट बचौं

खाना बनाउने समयमा तपाई तेजपत्ता प्रयोग गर्नुहुन्छ कि हुँदैन ? तेजपत्ताको फाइदा जानेपछि पक्कै पनि तपाईको भोजनमा तेजपत्ता समावेश गर्न बिर्सिनुहुन्न होला । तेजपत्ताले खानामा स्वाद बढाउने मात्र नभई स्वास्थ्यका निम्ति पनि अनेक लाभ प्रदान गर्दछ । यसमा भिटामिन ए र सीका साथसाथै फोलिक एसिडलगायत अन्य खनिजको मात्रा पनि भरपूर रहेको हुन्छ । 

यसले पाचनसम्बन्धी समस्या निराकरण गर्न, हृदयको सुरक्षा गर्न तथा तनाव न्यून गर्न मद्दत गर्दछ । यति मात्र नभई मधुमेहका बिरामीका लागि पनि तेजपत्ता राम्रो जडीबुटी हो । यसले इन्सुलिनको क्रियाकलापमा सुधार गर्न मद्दत गर्दछ । 

जर्नल अफ बायोकेमिकल्स न्यूट्रिशनमा प्रकाशित २०१६ को एक अध्ययनका अनुसार, टाइप–२ मधुमेहका बिरामीले तेजपत्ता प्रयोग गरेका थिए र उनीहरूमा ग्लुकोजको मात्रा कम भएको थियो र कोलेस्ट्रोलको मात्रामा पनि सुधार आएको थियो । मधुमेहका बिरामीलाई ३० दिनसम्म प्रतिदिन १,२ अथवा ३ ग्रामको तेजपत्ताको क्याप्सुल बनाई सेवन गर्न दिइएको थियो । तीन समूह बनाएर गरेको परीक्षणमा ग्लुकोज र कोलेस्ट्रोलको मात्रामा सुधार आएको थियो । 

तेजपत्ता एउटा क्रियाशील तत्व पोलिफेनल हो, जसले ग्लूकोजको स्तरलाई नियन्त्रण गर्न मद्दत गर्दछ ।