🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अवैध रुपमा राखिएका बालिका तथा महिलाहरुको उद्दार

ललितपुर, १३ भदौ । ललितपुर महानगरपालिका–४ नख्खुस्थित सेफ हाउस होस्टलमा अवैध रुपमा राखिएका १८ जना बालिका तथा महिलाहरुको बिहीबार दिउँसो उद्दार गरिएको छ । 

गोमा लिम्बु र इमिनिअल तामाङले संचालन गरेको उक्त होस्टलमा अवैध रुपमा बालिका तथा महिलालाई राखेको भन्ने सूचनाको आधारमा महिला तथा बालिका खोजतलास केन्द्र भृकुटीमण्डप र महानगरीय प्रहरी परिसर ललितपुरबाट संयुक्त रुपमा खटिएको टोलीले ती बालिका तथा महिलाहरुको उद्दार गरेको हो ।

 
उद्दार गरिएका बालिका तथा महिलाहरुलाई काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलास्थित अल्पकालीन संरक्षण गृह साझा घरमा राख्नका लागि उक्त संरक्षण गृहका पदाधिकारीलाई जिम्मा लगाइएको छ ।