पर्सा, २० भदौ । पर्साको विरंगजमा एक १५ वर्षीय किशोरीमाथि एसिड प्रहार भएको छ । विरगंजको गणेशमान चोकका सम्साद मिया र छप्कैयाका माजिद आलमले कक्षा ९ मा पढ्ने ती किशोरीमाथि एसिड प्रहार गरेका थिए । किशोरीलाई एसिड प्रहार गरी घाइते बनाई फरार भएको सूचना प्राप्त गरेपछि वडा प्रहरी कार्यालयबाट खटिएका टोलीले सम्साद मियालाई शुक्रबार बिहान पक्राउ गरेको छ ।
घाइते बालिकालाई उपचारको लागि नारायणी अस्पताल वीरगंज लगिएकोमा थप उपचालको लागि कीर्तिपुर अस्पताल काठमाडौंमा रिफर गरिएको छ । फरार माजिद आलमको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




