🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अर्थात जेमन्त : शरदराज गौतम

लगभग दुई वर्षको दुई तिहाईको सरकार चलाएपछि
हाम्रा प्रधानमन्त्रीले भेउ पाउन सक्नु भएन, सरकार र समाजको विकासे चरित्र ।
र, मन्त्रिपरिषद पुनर्गठन गर्नुभयो र भन्नुभयो ।
‘कति सुन्नु खाल्डाका गीत’ ।
हाम्रा प्रधानमन्त्री स्वस्थ्य हुनुहुन्छ, र ताजा पनि ।
वहाँले बुझि नभ्याउनु भएको एउटै थोक हो, 
समाज र मुलुकबासीको चरित्र ।
माछा टाउको तिरबाट कुहिएर मर्छ भनिन्छ ।
पूर्वी पहाडका शहर बजारका कम्युनिष्टलाई माछाको टाउकोसित किन दाँजिन्छ
त्यति बुझि भ्याउँदा, समकालीन नेपालको चरित्र छ्याड्डै हुन्छ ।
काठमाण्डौमा देखिने खाल्डा हाम्रा प्रधानमन्त्रीका प्रतीक होइनन् ।
ढुड्डा चोट हो वा अझै हँसिया निकालेर दिने हथौडा चोट हो ।
दुई वर्ष मै काठमाण्डौ खाल्डाले वहाँको धैर्य छिनाल्यो ।
वहाँ भन्नु हुन्छ, ‘कति सुन्नु खाल्डाका गीत ।’ 
त्यसो भए कुरुम्बा जाने बाटोका गीत सुनाउँ रु
त्यो बाटो तपाईको आँगन भएरै जान्छ ।
हाम्रा प्रधानमन्त्रीको रोष खाल्डोतिर सोझो हुँदैहोइन ।
खाल्डा पुर्ने र धुलो सम्याउन नसक्ने आप्mना सारथिसितको हो ।
वहाँ छोरी कुटेर दिग्दारी देखाउनु हुन्छ ।
मूल रोष हुनु पर्ने थियो, आप्mनो अज्ञानताप्रति ।
र, झुठो बोल्ने वाक पटुताप्रति ।
तर, सानैदेखि लागेको कम्युनिष्ट बानि, कहाँ सजिलै छुट्छ ।
दिनभरि आमा दिदी बहिनी हो भनेर गीत गायो
रात परेपछि चिप्ल्या¨ ट्याड्ड, चिप्ल्याड्ड ट्याड्ड ।
तपाइले रोजेको बाटो,
तपाईले पछ्याएर आएको पद्धति
सबका सब एक अर्कालाई टिठ्याउने, जिल्याउने र उल्याउने छन ।
अब तपाई संग्लो सारथि खोज्नु हुन्छ ।
कुरा काठमाण्डौको खाल्डो हुँदैहोइन
कुरा हो, तपाईको दर्शनको रोमान्टिसिज्ममा परेको खाल्डोको ।
प्राणीहरूमा संभवतः माछा मात्रै होला, जो टाउकोबाट कुहिएर मर्छ ।
पूर्वी पहाडका शहर बजाराँ कम्युनिष्टहरूलाई किन माछाको टाउको भनिन्छ
तिनलाई राम्रो थाहा छ ।
काठमाण्डौका रैथानेहरूलाई मात्रै हो, माछा सुकुटी सगुन हुन्छ ।
लगभग दुई वर्ष अकण्टक सरकार चलाए पछि
हाम्रा प्रधानमन्त्री जाबो खाल्डो न पुरिंदा दिग्दार हुनुुहुन्छ ।
कसैले वहाँले बोलेका फतुरहरूको प्रिटेस्ट गरे भने रु 
अरुण किनारका माझी बस्तीहरूमा सोध्नु भयो भने
तिनले भन्न सक्नेछन 
माछाहरू किन टाउकोबाट कुहिन्छन् ।
मलाई त लाग्दछ,
हाम्रा प्रधानमन्त्रीलाई आफ्ना प्रश्नहरूको जवाव तिनै माझीहरूबाट मिल्ने छ ।