🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ललिता निवास जग्गा प्रकरणको मुद्दा : मीनबहादुर गुरुङ र  मालपोत गुठीका साठी जना भ्रष्टविरुद्ध अर्बौंको मुद्दा दायर (नामावलीसहित )  

काठमाडौँ, २२ माघ ।  साँघु साप्ताहिकले विगत २ वर्षदेखि निरून्तर रूपमा  उठाउँदै आएको   ललिता निवासको २९९ राेपनी सरकारी, सार्वजनिक  जग्गा भ्रष्टाचार  काण्डका बारेमा अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले २०७६ माघ २२ गते विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर  गरेको छ।  अख्तियारले व्यबस्थापिका संसद अन्तरगतको सुशासन तथा अनुगमन समितिको २०७४ बैशाख २४ गतेको निर्देशन अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उ..द.नं. ६५५७ क २०७४ बैशाख २८ मा दर्ता भएको साविक हाँडिगाउँ  मौजा हा. नं.४५६ भिड्ने ललिता निवास क्यापभित्रको सरकारले मुआब्जा समेत दिई अधिग्रहण गरेर लिएको २९९–९–२–० रोपनी सरकारी, सार्वजनिक र गुठी समेतका जग्गाहरु जफत भएको भनी मालपोत कार्यालय, काठमाडौं डिल्लीबजारका कर्मचारीहरु समेतको मिलेमतोमा विभिन्न मितिमा गैरकानूनी तरिकाले व्यक्त विशेषलाई जग्गाधनी र मोही कायम गरेर फिर्ता दिई भ्रष्टाचार गरेकाले छानविन गरी दोषीलाई कारवाही गरी पाउँ भनी उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट शारदाप्रसाद त्रिताल संयोजक रहेको सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएको जग्गांंहरुको हिनामिना सम्बन्धी छानविन समितिको प्रतिवेदन २०७५,ले गरेको सिफारिस बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धान टुंग्याएर २०७६ माघ २२ गते विशेष अदालत काठमाडौंमा मुद्दा  दायर गरेको हो  । 
 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको अभियोगमा पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध विशेष अदालतमा २०७६ माघ २२ गते मुद्दा दायर गरेको छ । 

    आयोगले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आयोगले बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गा हिनामिना गरेको आरोपमा तीन मन्त्री, छ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारीलगायत १७५ विरुद्ध आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

    आयोगले तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिवहरु  छविराज पन्त, दीप बस्न्यात, दिनेशहरि अधिकारी, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, मुख्य मतियार मानिएका शोभाकान्त ढकाललगातयविरुद्ध मुद्दा दायर गरेको हो । 

    यस्तै सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराउन प्रमुख भूमिका खेलेका भनिएका शोभाकान्त ढकालले रु ३९ करोड र राम सुवेदीले रु ५२ करोड बराबरको भ्रष्टाचार गरेको आयोगको आरोपपत्रमा उल्लेख छ । 

    आयोगका अनुसार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङले पनि ढकालले जति नै रु ३९ करोड २७ लाख ६८ हजार भ्रष्टाचार गरेको आरोप लगाइएको छ । त्यस्तै पूर्वमन्त्री गच्छदार, छविराज पन्त, डम्बर श्रेष्ठ, अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात र जिल्ला न्यायाधीश विनोद गौतमले रु नौ करोड ६५ लाख ७६ हजार भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ । न्यायाधीश गौतम उपसचिव हुँदा बालुवाटार जग्गा व्यक्तिको नाममा दर्ता गराउन सहयोग गरेको पाइएको छ । 

    त्यस्तै पूर्वमन्त्री चन्द्रदेव जोशी र पूर्वसचिव दिनेशहरि अधिकारीले रु सात करोड आठ लाख ४८ हजार भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ । आयोगले बिगोबमोजिम जरिवाना र आठदेखि १० वर्षसम्म कैद सजाय माग गरेको छ । 

    त्यस्तै तत्कालीन उपसचिव हुपेन्द्रमणि केसीले रु ३० करोड ३९ लाख ९६ हजार, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत टीकाराम घिमिरे १३ कराेड ६५ लाख ७२, नासु टीकावहादुर विसी १३ कराेड २३ लाख ७२ हजार, मालपोत अधिकृत हरिकृष्ण तिमल्सिनाले रु ३२ करोड १९ लाख २० हजार, सोही कार्यालयका मालपोत अधिकृत पर्शुराम पोखरेलले रु ३२ करोड १९ लाख २० हजार, मालपोत कार्यालय डिल्ली बजारका प्रमुख मालपोत अधिकृत प्रेमबहादुर खापुङले रु नौ  करोड ६५ लाख ७६ हजार, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहसचिव जीतबहादुर थापाले रु नौ करोड ६५ लाख ७६ हजार, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक अशोकनाथ उप्रेतीले रु नौ करोड ६५ लाख ७६ हजार र खरिदार जीवनाथ पाेखरेल १३ कराेड २३ लाख ७२ हजार बराबरको  भ्रष्टाचार गरेको रकम र विगाे भराउन अभियोगपत्रमा उल्लेख गरिएकाे छ । 

त्यस्तै भ्रष्टाचार काण्ड लाग्नेहरूमा   कलाधर देउजा, प्रमुख मालपोत अधिकृत मालपोत कार्यालय, डिल्लीबजार, २ कराेड २६ लाख ८५ हजार ५००, सुरेन्द्रमान कपाली  मालपोत अधिकृत २ कराेड २६ लाख ८५ हजार ५००, धर्म प्रसाद गौतम शाखा अधिकृत भूमिसुधार तथा व्यवस्थापन विभाग, ७८ लाख २४ हजार २००, जगत प्रसाद पुडासैनी नायब सुब्बा मालपोत कार्यालय, डिल्लीबजार,  २ कराेड २६ लाख ८५ हजार ५००(निधन), युक्त प्रसाद श्रेष्ठ    खरिदार मालपोत कार्यालय, डिल्लीबजार, २ कराेड २९ लाख ५७ हजार ४०० सय, रुद्र कुमार श्रेष्ठ    महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग रू १३ कराेड २३ लाख ७२ हजार, पुष्पराज उपाध्याय निर्देशक भूमिसुधार तथा व्यवस्था विभाग रू १३ कराेड २३ लाख ७२ हजार, इन्द्रप्रसाद ढुङ्गाना    शाखा अधिकृत भूमिसुधार तथा व्यवस्था विभाग रू १३ कराेड २३ लाख ७२ हजार, अर्जुन भण्डारी नायव सुब्बा    समरजंग कम्पनी  रू १३ कराेड २३ लाख ७२ हजार, मोहम्मद साबिर हुसैन नापी अधिकृत नापी कार्यालय, काठमाण्डौं रू ४२ लाख, श्रीहरि पुडासैनी नायव सुब्बा  मालपोत कार्यालय, रू डिल्लीबजार ४२ लाख, श्याम कुमार क्षेत्री    खरिदार    मालपोत कार्यालय, डिल्लीबजार रू ४२ लाख, हरिकृष्ण तिमल्सिना मालपोत अधिकृत मालपोत कार्यालय, डिल्लीबजार रू ३२ काराेड १९ लाख २० हजार, विगाे ठहर भएकाे छ । 

 अन्य अधिकृतहरूमा  परशुराम पोखरेल    मालपोत अधिकृत मालपोत कार्यालय, डिल्लीबजार रू ३२ काराेड १९ लाख २० हजार, कृष्णप्रसाद पौडेल शाखा अधिकृत मालपोत कार्यालय, डिल्लीबजार रू ३२ काराेड १९ लाख २० हजार,   प्रकाश नारायण भट्ट नायब सुब्बा मालपोत कार्यालय, डिल्लीबजार रू ३२ काराेड १९ लाख २० हजार, टंकनाथ पौडेल नायब सुब्बा मालपोत कार्यालय, डिल्लीबजार रू ३२ काराेड १९ लाख २० हजार, प्रेम बहादुर खापुङ्ग    प्रमुख मालपोत अधिकृत मालपोत कार्यालय, डिल्लीबजार रू ९ कराेड ६५ लाख ७६ हजार,   अर्जुन खतिवडा    नायव सुब्बा    मालपोत कार्यालय, डिल्लीबजार रू ९ कराेड ६५ लाख ७६ हजार, शंकर प्रसाद सुवेदी    भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय, काठमाण्डौं, अंगुर सिग्देल    नायव सुब्बा भूमिसुधार कार्यालय, काठमाण्डौं  रू ९ कराेड ६५ लाख ७६ हजार, केदार प्रसाद श्रेष्ठ नायब सुब्बा भूमिसुधार कार्यालय, काठमाण्डौं रू ९ कराेड ६५ लाख ७६ हजार, कमल घिमिरे नापी अधिकृत नापी कार्यालय, डिल्लीबजार रू ३२ कराेड १९ लाख २० हजार, देव बहादुर लामिछाने    सर्भेक्षक नापी कार्यालय, डिल्लीबजार रू ३२ कराेड १९ २० हजार, भरतचन्द्र अर्याल अमिन नापी कार्यालय, डिल्लीबजार रू ३२ कराेड १९ लाख  २० हजार, जनक बहादुर भण्डारी नापी अधिकृत    नापी कार्यालय, डिल्लीबजार रू ९ कराेड ६५ लाख ७६ हजार रहेका छन् । 

त्यसैगरी   राजेन्द्रमान श्रेष्ठ    ईञ्जिनियर    भवन निर्माण संभार डिभिजन कार्यालय रू ९ कराेड ६५ लाख ७६, वालकृष्ण श्रेष्ठ    सिनियर डिभिजन ईञ्जिनियर रू ९ कराेड ६५ लाख ७६, सुरोजराज राजकर्णिकार सुपरिटेण्डेण्ट ईञ्जिनियर भवन निर्माण संभार डिभिजन कार्यालय रू ९ कराेड ६५ लाख ७६, अशोकनाथ उप्रेती महानिर्देशक शहरी विकास तथा भवन निर्माण विभाग रू ९ कराेड ६५ लाख ७६, हरिवोल आचार्य    मुख्य अधिकृत गुठी संस्थान केन्द्रिय कार्यालय, त्रिपुरेश्वर रू ७ कराेड ८ लाख ४८ हजार, रामेश्वर विडारी बरिष्ठ सहायक गुठी संस्थान तहसील शाखा कार्यालय कालमोचन, काठमाण्डौ रू ७ कराेड ८ लाख ४८ हजार, सेमन्तराज चापागाई    गुठी प्रशासक गुठी संस्थान केन्द्रिय कार्यालय, त्रिपुरेश्वरफ रू ७ कराेड ८ लाख ४८ हजार, हेमराज सुवेदी सह-प्रशासक गुठी संस्थान रू ७ कराेड ८ लाख ४८ हजार,  तेजराज पाण्डे सह-सचिव भूमिसूधार तथा व्यवस्था मन्त्रालय रू ७ कराेड ८ लाख ४८ हजार, तुलसी पोखरेल    सहायक प्रशासक गुठी संस्थान रू  ७ कराेड ८ लाख ४८ हजार, हरिप्रसाद जोशी उप-प्रशासक गुठी  संस्थान रू  ७ कराेड ८ लाख ४८ हजार विगाेमा परेका छन् । 

त्यस्तै भ्रष्टाचार काण्ड लाग्नेहरूमा बलिराम प्रसाद तेली गुठी प्रशासकगुठी संस्थान रू  ७ कराेड ८ लाख ४८ हजार, दिलिप कुमार भट्ट    कायम मुकायम गुठी प्रशासक गुठी संस्थान रू  ७ कराेड ८ लाख ४८ हजार, नवराज पौडेल सहायक गुठी संस्थान रू  ७ कराेड ८ लाख ४८ हजार, शैलेन्द्र पौडेल सहायक प्रशासक गुठी संस्थान रू  ७ कराेड ८ लाख ४८ हजार, जयप्रसाद रेग्मी    उप-प्रशासक गुठी संस्थान रू ७ कराेड ८ लाख ४८ हजार,फणिन्द्र प्रसाद दाहाल    नायव सुब्बा    मालपोत कार्यालय, डिल्लीबजार रू ७ कराेड ८ लाख ४८ हजार, मणि कुमार राना नायव सुब्बा मालपोत कार्यालय, डिल्लीबजार रू ७ कराेड ८ लाख ४८ हजार, बद्री बहादुर कार्की    शाखा अधिकृत मालपोत कार्यालय, डिल्लीबजार रू ७ कराेड ८ लाख ४८ हजार, लक्ष्मीनारायण उप्रेती    उप-सचिव    मालपोत कार्यालय, डिल्लीबजार रू ७ कराेड ८ लाख ४८ हजार, दिनेश प्रसाद शर्मा    प्रमुख मालपोत अधिकृत मालपोत कार्यालय, डिल्लीबजार  रू ७ कराेड ८ लाख ४८ हजार रहेका छन् । यी भ्रष्टाचारकाे आरोपीहरु जाे जाे पदमा रहेका छन्, कानूनबमाेजिम तिनीहरू सबैकाे जागिर आजकै मितिदेखि २०७६ माघ २२ गतेबाट निलम्बन भएकाे छ । 

 गुठी संस्थान केन्द्रीय कार्यालय त्रिपुरेश्वरका मुख्य अधिकृत हरिबोल आचार्यले रु सात  करोड आठ लाख ७८ हजार, भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक रुद्रकुमार श्रेष्ठले रु १३ करोड २३ लाख ७२ हजार, भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन निर्देशक पुष्पराज उपाध्यायले रु १३ करोड २३ लाख ७२ हजार बराबरको भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ ।