🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

झापामा किन ल्यान्ड हुन सकेन बालेन शाह चढेको हेलिकप्टर ?

काठमाडौं, २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा उम्मेदवार बालेन शाह चढेको हेलिकप्टर झापामा अवतरण हुन नसकेपछि पुनः काठमाडौं फर्किएको छ।

शाहले २०८२ फागुन २१ गते बिहीबार बिहान काठमाडौंमा मतदान गरेलगत्तै झापा-५ का विभिन्न मतदान केन्द्रहरूको अवलोकन गर्ने उद्देश्यले हेलिकप्टरमार्फत झापा जाने कार्यक्रम बनाएका थिए।

सुरक्षा स्रोतका अनुसार, सडक मार्गबाट सबै मतदान केन्द्र पुग्न सम्भव नहुने भएकाले हेलिकप्टरबाट क्षेत्रका मतदान केन्द्रहरूको परिक्रमा गर्ने योजना बनाइएको थियो।

सोही अनुसार बिहान ९ बजेर १२ मिनेटमा हेली एभरेस्टको 9N-AOB हेलिकप्टरमार्फत शाहसहित पाँच सदस्यीय टोली काठमाडौंबाट झापा प्रस्थान गरेको थियो। तर, झापातर्फ मौसम प्रतिकूल बनेपछि हेलिकप्टरले गन्तव्यमा अवतरण गर्न नसकी पुनः काठमाडौं डाइभर्ट भएको हो। मौसम प्रतिकूल भने पनि हेलिकाेप्टरकाे अनुमति प्राप्त नगरेकाले अवतरण गर्न नपाएकाे स्राेत बताउछ ।

उक्त हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजेर १० मिनेटमा अवतरण गरेको जानकारी प्राप्त भएको छ।

प्रारम्भिक जानकारी अनुसार खराब मौसमका कारण हेलिकप्टर झापामा अवतरण गर्न नसकेको बताइए पनि विस्तृत कारण भने खुल्न सकेको छैन।

उता सोही निर्वाचन क्षेत्रका अर्का प्रमुख प्रतिस्पर्धी तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने भक्तपुर-२ मा मतदान गरेपछि यति एअरलाइन्सको उडानमार्फत भद्रपुर जाने तयारीमा रहेको स्रोतले जनाएको छ।

प्रतिनिधिसभा निर्वाचन भइरहेका बेला प्रमुख उम्मेदवारहरूको गतिविधि र क्षेत्रगत अवलोकनलाई लिएर झापा-५ मा राजनीतिक गतिविधि तीव्र बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *