🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रतिनिधिसभा सदस्य निर्वाचनः देशैभर दिउँसो २ बजेसम्म जम्मा ३३.४१ प्रतिशत मतदान

दिउँसो २ः०० बजेसम्म देशभर ६३ लाख १६ हजार २१५ मत खस्याे
काठमाडौँ, २१ फागुनः दिउँसो २ः०० बजेसम्म करिब ३३ दशमलव ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आज बिहान ७ः०० बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा जारी छ ।
दोलखाको एउटा केन्द्रमा मतदान सुरु हुन नसकेको आयोगले जनाएको छ । अन्य स्थानमा भने सामान्य विवादबीच पनि मतदान जारी रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार दिउँसो २ः०० बजेसम्म देशभर ६३ लाख १६ हजार २१५ मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको उल्लेख गर्नुभयो ।
देशभर अहिले पनि उत्साहपूर्ण रूपमा मतदान जारी रहेको पनि आयोगले जनाएको छ । मतदानका लागि मतदाता शान्तिपूर्ण रूपमा लाममा बसेका छन् ।
(रासस/साँघु न्यूज डटकम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *