🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मध्य प्रदेशको मुख्यमन्त्रीमा चौहान चयन

भूपाल, १० चैत (रासस/एएनआई) : भारतको मध्य प्रदेशको मुख्यमन्त्रीका रुपमा भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता शिवसिंह चौहान चयन हुनुभएको छ । 

    स्थानीय समयअनुसार सोमबार बेलुका पार्टीको मुख्यालयमा बस्ने पार्टी संसदीय दलको बैठकले उहाँलाई अनुमोदन गर्नेछ । 

    पार्टी बैठकपछि सोमबार नै बेलुका ९ बजे उहाँले सपथ ग्रहण गर्ने तालिका रहेको नेताहरुले बताएका छन् । नेता चौहान यसअघि सन् २००३ देखि २०१८ सम्म पनि मुख्यमन्त्री हुनुभएको थियो । 


    निवर्तमान मुख्यमन्त्री कमल नाथले यही मार्च २० तारिखका दिन राजीनामा दिएपछि चौहानले फेरि मुख्यमन्त्री हुने मौका पाउनुभएको हो । 

    भारतीय राष्ट्रिय काँग्रेसका २२ जना विधायकले पार्टी परित्याग गर्ने र विधायक पदबाट राजिनामा दिने घोषणा गरेपछि काँग्रेस नेता कमलनाथले गभर्नर लालजी टन्डन समक्ष राजीनामा बुझाउनुभएको थियो । 

    योसंँगै भारतको मध्य प्रदेश राज्यमा सत्ता परिवर्तन भएको हो । 
–––