🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अब पनि महाधिवेशन नभए प्रेस युनियन टुक्रिने 

काठमाडौं । नेपाली कांग्रेस समर्थक पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको महाधिवेशन फेरि सरेको छ । २०७६ चैत २१ र २२ गते नेपालगंजमा तय गरिएको महाधिवेशन कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले जारी गरेको २५ जना भन्दा बढी भेला हुन नपाइने निर्णयमा टेकेर स्थगित गरिएको हो । अध्यक्ष बद्री सिग्देलले महाधिवेशन सार्ने बहाना खोजिरहेको बेला कोरोनाले राहत दिएपछि तीन वर्षका लागि निर्वाचित भएर ६ वर्षे कार्यकालसम्म अध्यक्ष हुने सौभाग्य सिग्देल कार्यसमितिले पाएको छ ।

अब यस्तो सौभाग्य प्राप्त नेतृत्वले कति वर्ष युनियन चलाउने हो यकिन नरहेको युनियनकर्मीहरु बताउ“छन् । अब पनि निर्वाचन टार्दै जाने हो भने ‘नेपाल प्रेस युनियन आधिकारिक रुपमै दुई टुक्रा भयो भने आश्चर्य नमाने हुन्छ’ भन्छन् युनियनकै सिग्देलको कार्यशैली  विरोधी पदाधिकारीहरु । 

रोचक त के भने २०७६ चैत ५ गते बुधबार सचिव खिला कार्कीले युनियन कार्यालयमै पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघका पूर्व महासचिवलगायतलाई भेला पारेर महाधिवेशन सार्ने चलखेलविरुद्ध गठबन्धन बनाएको भोलिपल्टै सिग्देलले महाधिवेशन सरेको विवरणसहितको विज्ञप्ति जारी गरिदिए । महाधिवेशनको अर्को मिति नतोकिएकाले अब महाधिवेशन नै नहुने चिन्ता युनियनभित्र देखिएको छ । 

युनियनको महाधिवेशन होलाहोला जस्तो भएपछि जोडघटाउ र देश दौडाहमा लागेकाहरु हिस्स परेका छन् । महाधिवेशनमा शेरबहादुर देउवा क्याम्पबाट सिग्देल, रामचन्द्र पौडेल समूहबाट शिव लम्साल र दीपक आचार्य अनि कृष्णप्रसाद सिटौला समूहबाट अजयबाबु सिवाकोटी र मध्यमार्गी समूहबाट ईश्वरी ओझाहरु जोडतोडले अध्यक्ष बन्न लागेका थिए । बाला अधिकारीले समेत महामन्त्री पूर्णबहादुर खड्काको आशीर्वाद लिएर देउवा क्याम्पको उम्मेदवार बन्ने कसरत गरिरहेको युनियनकर्मीहरुले बताएका छन् ।

 देउवा क्याम्पले सिग्देलले पुन चुनाव जित्ने बलियो आधार नदेखेको बताइन्छ भने पौडेल क्याम्पका उम्मेदवारले पनि चुनाव जितिहाल्ने सम्भावना नरहेको विश्लेषण गरिएको छ । अहिले पौडेल र सिटौला क्याम्प जोड्ने प्रयास भइरहेको छ । आचार्य र सिवाकोटीले दुबैै क्याम्पका केही नेताहरुलाई संयुक्त रुपमा भेटेर लम्साल आउट गर्दै आफूहरुमध्येबाट उम्मेदवार बनाउन अनुरोध गरिरहेको उनीहरु निकटस्थले बताएका छन् । योबीचमा पौडेल–सिटौला समूहभित्र देखिएका तीनजना उम्मेदवारको विकल्पमा साझा उम्मेदवार खोज्नेबारे छलफल चल्न थालेको युनियनका एक पदाधिकारीले बताएका छन् ।

उसो त युनियनको महाधिवेशनस“गै युनियनका नेताहरुले गुट अदलबदल गर्न थालेका छन् । जसको स्पष्ट संकेत युनियनको काठमाडौं महाधिवेशनमा देखिएको थियो । देउवा–पौडेल क्याम्पका साझा उम्मेदार जगन्नाथ दुलाललाई देउवाकै निकट मानिएकाहरुबाट असहयोग भएपछि गुट अदलबदलको चित्र देखिएको हो । देउवाबाट टिकट पाएर पत्रकार महासंघको महासचिव पड्काएका रमेश विष्टले सहमहामन्त्री डा. प्रकाशशरण महतले भन्दा समेत दुलाललाई खुलेरै असहयोग गरेको आरोप लागेको छ ।

सिग्देल दुलालको पक्षमा लाग्दा विष्टकै लाइनमा महासंघका सचिव प्रकाश थापा जोडिएको दुलाल समूहले विश्लेषण गरेको स्रोत बताउछ । उसो त विष्टले सिटौला समूहका नेता भीमसेनदाश प्रधान, सिवाकोटीलगायतस“ग बसेर महेश गौतमलाई खुलेर सहयोग गर्ने र महासंघको निर्वाचनमा सिटौलाको समर्थन आफूलाई चाहिने बताएको चर्चा छ । महेश चाहिं भीमसेनदाश प्रधान रक्षा मन्त्री रह“दाका प्रेस सल्लाहकार हुन् । महासंघका उपाध्यक्ष विपुल पोखरेल, सचिव रामप्रसाद दाहाललगायतले दुलाललाई नै सहयोग गरेका थिए ।

पोखरेल, पौडेल क्याम्पका भरपर्दा भए पनि दाहाललाई सिटौला समूहको भन्ने गरिन्छ । तर, उनले गुट परिवर्तन गरेर देउवा वा पौडेल कुन क्याम्पमा जोडिएको भन्ने अझै नखुलेको सिग्देल निकटस्थले बताए । यो फेरबदलले युनियनको भावी नेतृत्वमा कस्ले बाजी मार्ला भनेर जोडघटाउ हुन थालेको बताइएको छ ।