🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 \’अड्कल पण्डितहरु\’लाई मन्त्री योगेश भट्टराईको जवाफ 

काठमाडौँ, १६  चैत। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि  भरत दाहालले आफ्नो  फेसबुक स्टाटसमा लगाएको आरोपको मन्त्री  भट्टराईले प्रतिवाद गर्दै फेसबुक मार्फत नै चैत १५ गते राति जवाफ दिंदै लेखेका छन्- ''भरत दाहालको फेसबुकमा नेपाल एयरलाईन्सलाई स्वास्थ्य मन्त्रालयमार्फत गरिने भुक्तानीका बारेमा मलाई जोडेर लेखिएको कुरा पूरापुर झुठ हो । स्वास्थ्य मन्त्रालयमार्फत अर्डर गरिएका स्वास्थ्य सम्बन्धी सामाग्री लिन नेपाल एयरलाईन्सको जहाज आज चीनको ग्वान्जाओ गएको साँचो हो ।''

\"\"

''सामाग्री ल्याउन जिम्मा पाएको संस्था/ व्यक्तिले एयरलाईन्सलाई कार्गो बापत तिर्नुपर्ने रकम आज शनिबार परेकोले जम्मा गर्न नसक्ने भनेको तर COVID 19 का लागि अतिआबश्यक सामाग्रीहरु यथाशीघ्र ल्याउनु पर्ने भएकाले स्वास्थ्य मन्त्रालयको विश्वासमा पछि स्वास्थ्य मन्त्रालयमार्फत सीधै नेपाल एयरलाईन्सलाई भुक्तानी  गर्न पनि सकिने सर्तमा जहाज उडाउन मैले अनुरोध गरेको हुँ ।'' ''मुलुकको अवस्था र आपतकालीन स्थितिलाई बुझेर मैले जे गरे ठीकै गरेको छु । नेपाल एयरलाईन्सले कार्गो बापत प्रचलित मूल्य लिने हो र त्यो रकम सम्बन्धित संस्थाले तिर्ने हो । मैले कुनै लिखित आदेश गरेको छैन र मूल्य मैले तोक्ने पनि होइन । अड्कल पन्डितहरुलाई यो कुरा राम्ररी जानकारी होस् ।''

यस्तो थियो भरत दाहालको स्टाटस 

''चीनबाट कोरोना उपचारका सामग्रीहरु ढुवानी गर्न भाडामा लिईएको नेपाल वायुसेवा नियमको भाडा दर ८० हजार अमेरिकी डलर छ तर सो ढुवानी भाडा भुक्तानीका लागि मन्त्री योगेश भट्टराईले हस्ताक्षर गरेर स्वास्थ्य मन्त्रालयमा पठाएको पत्रमा १ लाख १५ हजार अमेरिकी डलर भुक्तान गरिदिन उल्लेख गरिएको छ। ढुवानी भाडामा मात्र दिन दहाडै ३५ हजार अमेरिकी डलर (४२ लाख रुपैयाँ) डकैती ।''

बुझ्न नसकिएको कुरा के हो भने स्वास्थ्य मन्त्रालयले अर्को सरकारी निकायमा पठाउने रकममा कसरी कसले डकैती गर्न सक्छ ? त्यसैले होला मन्त्री भट्टराईले 'अड्कल पण्डितहरु' भनेको !!