🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोरोनाको \’लकडाउन\’ प्रहशन !!

(१) भोकमरीको मृत्यु झन डरलाग्दो :

लकडाउनमा बस्नु पर्दा ठट्टा, रमाइलो र मनोरञ्जन गर्ने साधन बन्यो नोवल कोरोना भाइरस । विश्वका हुँदा मात्र खाने जनता र विश्वमा व्याप्त भाेकमरी पीडित गरिविलाई छाँयामा पार्दै संभ्रान्त र हुँनेखाने कै चाकरीमा सम्पूर्ण राज्यको श्रोत साधन परिचालन गराइरहेको अदृष्य शक्ति कोरोना भन्दैछन् ।

गरिव गुरुवाहरु  

\"\"

मनोविज्ञान समाजशास्त्र दर्शन सम्बन्धी एउटा फेसबुक पेजलाई पेजसँग जोडिएका ल्यूक सैमोल (Luke Samol) ले अमेरिकाको रोग नियन्त्रण केन्द्र सीडीसीका निर्देशक रँवर्ट रेडफिल्डले फरवरीमै ४ राज्यमा लकडाउन गर्न सरकारलाई दिएको सल्लाह मानेको भए यत्रो क्षति नहुने भन्ने १३ अप्रिलमा प्रकाशित बेलायती । 

(२) बोल्न लेखन छुट छ :

अखबार डेली मेलको समाचारलाई साझा गरेपछिका कमेन्टमा “आइ हर्ड टम्प क्रियटेड द भाइरस फ्रम वोन अफ हिज फार्ट्स । अमेरिकन सुड बैन प्रेसिडेन्टियल फार्ट्स एन्ड काउ फार्ट्स” (" I heard Trump created the virus from one of his farts .Americans should ban presidential farts and cow farts.") भन्ने अमेरिकी नागरिक मार्क स्मिथ ( Mark Smith) को कमेन्ट पनि थियो ।

३१ डिसेम्बर पछि संक्रमणको डरले कोठामा थुनिएर बसिरहनुपर्दा काम नभएर पतिपत्नीका बीच भै रहने शारीरिक सम्पर्कबाट नौ महिना पछि जन्मीने बच्चाको अहिले नै ‘कोरोनियल्स’ नाम जुराएर न्वारन गरिदिने सोसल मेडिया पण्डित पनि यो होइन । श्रीमानको छेउमा पनि श्रीमती पर्नै नहुने रे । कोरोना प्रहशन शुरु भएको पो हो कि जस्तै लाग्छ ।  

\"\"

जेहोसहोस पुरुषले पनि अव सजिलै भान्सा सञ्चालन गर्न सकने गरी कोरोनाले प्रशिक्षण गरेको छ । रमाइला चुट्किलाहरु बनेका छन ।

\"\"
लकडाउनले मान्छे घरमा थुनिएका र जनावरहरु सडक तथा घरघरमा पुगेकाले अव  पशुपंक्षी एवं जनावरहरुको होइन बरु मान्छेको चिडियाखाना बनाउनु पर्छ भनेररमाइलो गर्दै  प्रकृतिको बचाउ गर्नेहरु पनि सोसल मेडियामा छाएका छन् ।  

\"\"
 

(३) चीनलाई नै मुछियो :

साउदी अरवबाट निदरलैण्ड हुँदै क्यानडा पुगेर त्यहाँकार्यरत चिनिया वैज्ञानिकले चोरेर ल्याएको र चीन स्थित विश्व स्वास्थ्य सङ्गठन÷डव्लूएचओको प्रमुख कम्यूनिष्ट भएकाले चिनले आफैंले सिर्जना गरेको भाइरसको सन्दर्भमा चिनको बचाव गरेको भन्ने सोसल मेडीयाका गफ गर्ने विषयमात्र होइन कोरोना ।

गोरो छाला–थेप्चो नाक–सिलिक्क परेको कपाल भएका जति महिला चिनिया महिला हुन भन्ने ठानेर डेरा खोज्दै हिंडेका थाई छात्रालाई भारतको अलिगढमा कोरोना कोरोना भनेर जिस्क्याउँदै हल्ला गर्न केटाकेटीलाई उकास्ने र भाडामा बसेका स्वास्थ्यकर्मीहरुलाई घर छाडन दवाव दिलाउन घर मालिकलाई कानेखुशी गर्ने भाइरस होइन कोरोना । 

। स्व.माओलाई पनि स्वर्गमा मास्क लाउन बाध्य पार्ने किटाणु पनि होइन  । हावर्ड विश्वविधालयका प्रोफेशर डा.चार्लस लिवरले चीनको वुहान प्राविधिक विश्वविद्यालयलाई चीनसँग रकम लिएर वेचेको भाइरस पनि होइन कोरोना ।

 ‘सिनपिङ्ग को तख्ता पल्टाउन’ जन्मेको भाइरस पनि होइन । चीनलाई ‘वैश्विक नेता बनाउनको लागि’ र ‘हङ्गकङ्गको आन्दोलन दवाउन’ चीनले ल्याएको ‘कङ फ्ल्यू’ पनि होइन ।  

‘द आइज अफ डार्कनेश’थ्रिलर उपन्यासमा अमेरिकी लेखक डिन कुञ्जले  भविष्यवाणी गरेजस्तो जैविक हथियार‘वुहान–४००’ (१९८१ को प्रथम संस्करणमा गोर्की –४००’र पछि १९८९को संस्करणमा नाम परिवर्तन गरिएको)नाम राखिएको भाइरस पनि होइन कोरोना । 

अमेरिकी राष्ट्रपति ट्रम्पले भनेझैं एन्टीबायोटिकले नछोएको धेरै स्मार्ट–धेरै तीक्ष्ण बुद्धिको  दुस्मन–प्रतिभावान (very smart-very brilliant enemy-genius ) किटाणु (germ) पनि होइन ।

विश्व सस्वाथ्य सङ्गठन–डव्लुएचओ महानिर्देशक टेड्रोस एडहानोम गेहब्रेयससले ‘एक नम्बर जनताको शत्रु’ र ‘विश्ववयापी रुपमै साँचो एकताको खाँचो’ भनेका छन् । चिनिया राष्ट्रपति जि सिन पिङ्गले ‘दुष्ट भाइरस’ भनेका छन् । 

जापान चीन युद्धमा मञ्चुरियामा जापानले जैविक हथियार प्रयोग गरेको आशङ्का गर्दै १९५१ मा प्रम चाओ एन लाइले चीनले पनि जैविक हतियार बनाउनु पर्छ कि क्या हो भनेर गरेको ठट्टालाई लिएर लौ नयाँ कोरोना चीनको जैविक विपन हो भनेर दावागर्ने बुद्धिजीवी पनि फेला परेका छन् ।

(४)धर्म जोडियो :

कोलकत्ताको ‘शित्तला’देवीलाई दर्शन गरेपछि सामसुम भै हाल्ने जीव पनि होइन कोरोना भाइरस । इस्लामिक धर्मग्रन्थ कुरानबाट कोरोना नाम भएको पनि होइन । कोराना तवलीगी जमातको जेहाद पनि होइन ।

(५) विचार र दर्शन कोराना :

नोम चोमस्कीले कोरोना महामारीलाई नव उदारबादी प्लेग भन्नु हुँदै अहिलेको परिस्थितिलाई‘ सिभिलाइजेशन क्राइसेस’भन्नु हुन्छ । “यो नोबल कोरोना भाइरसको सबैभन्दा मुख्य विशेषता भनेकै संरचनात्मक रूपमा पिछडिएकालाई नै अझ निर्मम ढंगले ठोक्नु हो](One remarkable feature of the politics of this novel coronavirus is how starkly it seems to exacerbate whatever structural inequalities it finds in the society it enters)" केन्याकी “डिजिटल डेमोक्रेसीःएनालोग पोलिटिक्स (Digital Democracy, Analogue Politics) की लेखिका र राजनीतिक विश्लेषक नान्जला न्याबोला (Nanjala Nyabola) भन्छिन ।

पुराना प्रचलन हटाएर अर्को संसार बनाउनु पर्छ भन्ने चरम दक्षिणपन्थी संगठनहरु नीओ नाजी र नर्डीक रेसिसटेन्स मूभमेन्टले भनेझैं राम्रो मानेर स्वागत गर्नुपर्ने अवतार पनि होइन । 

यो भाईरसलाई ‘वुहान ’;‘चाइनिज’;‘पूँजीवादी मखुन्डो उघार्ने ’; ‘इरानको लागि  निर्मित अमेरिकाले तयार गरेको महामारी फैलाउने’;‘अमेरिकी सैनिकले अक्टोवरमा वुहानमा ल्याएको’;‘अमेरिकी कन्सोलेटले प्लासटिक बाक्शामा ल्याएको जैविक सामग्रीमा आएको’ भाइरस;‘द ट्रम्प प्लेग’;‘अमेरिकी मिलिटरी जर्मवारफेयर बाट फैल्एिको’;‘एटम बम’;‘विकसित देशभित्र भएका असमानता बारे बताए जानकारी लिन बाध्य पार्ने’;‘अमेरिकन बायोइन्जिनियर्ड’;‘बडा कारोवार सिर्जना गर्ने–,खेल खेलाउने,सवभन्दा सिम्पल’;यमन र सऊदी अरब को ५ बर्ष पुरानो युद्धको युद्धविराम गराउने ’;‘आ–आफ्नो दाउ भएको चीन अमेरिका बीचको ठूलो लडाँई’;‘फुटबल खेलाडीको परिश्रमिक कटौती गर्न कल्व मैनेजरलाई उक्साउने’;‘चाइनीजको सेक्स पाओर बढाउने’;‘प्राकृतिले मानव भाइरसलाई काउन्टर दिन सिर्जना गरेको ’;सभ्रान्त र चिल्ला सुकिलाहरुसँग लसपस गर्न रुचाउने’;‘केही दिनको पाहुना’;‘वुहान इन्स्टीच्यूट अफ भाइरोलोजीबाट चुहेको’;‘चमेरो कोरोना’;‘५–जी टेक्नोलोजी भाइरस’;‘जेहादी’;‘भारतमा चलिरहेको सीएए,एनपीआर,एनआरसी विरोधी आन्दोलनलाई दवाउने’ भायरस भनेर टिप्पणी गर्नेहरु पनि छन् । 

‘फ्रान्स पठाउन ठिक्क पारेको चिनिया मास्क अमेरिकाले पो हात पारेको र चीनले कोरोना पठायो,अमेरिकी जनताको स्वास्थ्य खत्तम पार्न अर्कोतिर भेनेजुयलाका राष्ट्रपति मदुरोले फार्क लडाकुसँग मिलेर कोकीन पनि अमेरिका पठाउन थालेको भनेको सन्दर्भमा  मदुराले पनि ट्रम्पले फेरि निहुँ खोज्न ‘नार्को टेरेरिजम’को अभ्यास गरेको भनेर आरोप लाएको भन्ने सम्मको हल्ला चलाउने भाइरस’; भनेर चर्चा चलेको पाइयो । भारतीय लेखीका अरुन्धती रायले ‘पूँजीबादको इन्जिन एकाएक ठप्प पारिदिने’कोराना र यूएनओ प्रमुख एन्टोनियो गुट्रेसले दोश्रो विश्वयुद्ध पछिको सवभन्दा चुनौतीपूर्ण संकट भएको बताएका छन् ।  

\"\"
(६) शव्द जालको अविस्कार :

यो ‘पैन्डामिक–सोसल डिस्टसिङ्ग–नोभल कोरोना–इन्क्यूवेुसन–इन्क्यूबेसन पिरियड–सेल्फ 

आइसोलेशन–सोसल आइसोलेशन–जनता कर्फुयू–सेफ हैण्ड्स–सेल्फ क्वारंनटिन–क्वारंटीन सेन्टर–सेनेटाइजेशन–पीपीइ–लाँकडाउन–वर्क फ्रम होम–रेष्ट इन होम–हर्ड इम्यूनिटी–फ्लेटिनिङ्ग द कर्भ–कोरोना व्यूजिनेश–चेन ब्रेक–एग्रसिभ एक्सन–कोरोना इपिसेन्टर–कोराना हटस्पट्स–कोराना जेहाद–सुपर स्प्रेडर्स–इकोनोमीक डिप्रेशन–बायो वीपन’–‘स्टे होम स्टे सेफ’– कोरोना कर्स–तवलीगी जमात–जप क्वारिंटन–स्क्रिनिङ्ग–फोमिट–कम्यूनिटी स्प्रेड–फैटालिटी रेट–मोर्टालिटी रेट–आरओःआर नौट–इन्डेक्स केश–एसिम्टोमैटीक–लकडाउन–कन्ट्याक्ट ट्रेशिङ्ग–पिक–ह्यान्ड सेनिटाइजेशन–मास्क तथा मेडीकल डिप्लोमेशी–‘यूनाइटेड वी सफर डिभाइडेड वी सरभाइव’जस्ता शव्दहरुलाई वैश्विक जनसमुदायको जिव्रोमा झुण्डाइ दिईरहनको लागि मात्र सिर्जना भएको नयाँ किटाणु होइन ।

जर्मन सरकारका मन्त्रीहरुले पनि स्पष्ट पार्नु पर्ने गरि प्रकाशित जर्मन पत्रिका डि वेल्टको समाचार अनुसार अमेरिकाको लागि मात्र एकाधिकार हुने गरि औषधि तयार गर्न क्योर वैक कम्पनिलाई ठुलै रकम  प्रस्ताव गर्न अमेरिकी राष्ट्रपति ट्रम्पलाई उत्प्रेरित गर्न सक्ने भाइरस यो होइन ।

कुनै फल्यूको रोगीलाई गलत रोग पहिचान गरेर नयाँ भाइरस उल्लेख गरेको भनेर अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका निर्देशक रवर्ट आर रेडफिल्डले भनेको भन्ने सोसल मेडियामा आएको आधारमा मात्र वुहानबाट उत्पति भएको यो भाइरस होइन भन्ने अन्य कुनै ठोस आधार पनि छैन ।

अमेरिकी लेखक केविन बैरेटले इरानको प्रेस टिभीको लागि लेखेको लेखमा चिनले अमेरिकी सैनिकले भाइरस ल्याएको भनेपछि व्हाइट हाउसको सोझो आदेशमा ठूला सम्बद्ध चिकित्सक सहभागी नगराई नेशनल सैक्यूरिटी काउन्सिल अमेरिकाको गोप्य बैठक बस्नु परेको भन्ने आधार समेतमा उनले चिनको विरुद्ध अमेरिकी जैविक युद्ध तेश्रो विश्व युद्धको पदचाप हो जुन इरान र इटलीलाई पनि दिइएको सजाय हो यो कोरोना भाइरस भनेर गरेको ठोकुवालाई विश्वासगर्ने न त कुनै प्रमाण नै छ  । 

 (७) नोवल कोरोना भाइरस यो चाहिं हो :

सन् १९३० मा नै पत्ता लागेको कोराना परिवार भित्र १०० जति भाइरस छन । अहिलेको नयाँ भएकाले नोवल भनिएको हो । झिङ्गाबाट पनि सर्ने; अखवार र मेगजिनबाट नसर्ने ; हावामा उडेर टाढाको मान्छेलाई नसर्ने; मृत्यूदर पनि निकै कम गराउने; लसुन–वियर व्हिस्की–खाएर निको नहुने कोरोना कमजोर तर रहस्मय भाइरस हो ।

चीनको वुहानमा लि वेन लियाङ्गले पत्ता लाएको भाइरसबारे ३१ डिसेम्बर २०१९मा चीनले डव्लूएचओलाई अधिकारिक जानकारी गरायो । नयाँ भाइरसलाई शुरुमा २०१९ नोवल कोरोना भाइरस भनेपनि पछि उक्त संगठनको इन्टरनेशनल कमिटी अन टैक्सोलोमी अफ भाइरसेसले फरवरी ११ ,२०२० मा सार्स–कोव–२ भनेर अधिकारिक नाम दियो । डव्लूएचओको इन्टरनेशनल क्लासिफिकेशन अफ डिजिजको ठहर अनुसार फरवरी ११ मा नै यस भाइरसबाट हुने रोगलाई पनि कोविड–१९ अधिकारिक नाम दिइयो । जे भएपनि यो भाइरसले घर परिवारको महत्व बुझाएको छ । समाजले आफ्ना सदस्यलाई आफ्नै घर आँगन टोलमा पाएको छ ।
 

\"\"
जनबरी १० मा वुहानका ८ चिकित्सकले गंभीर भाइरस भएको प्रतिवेदन सरकारलाई दिए । १४ जनवरीमा डव्लुएचओले मानिसबाट मानिसमा नसर्ने भनेर बतायो । २१ जनबरी सम्ममा पनि चीनमा यो अरुमा नसर्ने भनेर विश्वास गरिएको थियो । चीनमा भाइरसको संक्रमण मानिसमा फैलिएपछि मात्र जनवरी ३० मा डव्लूएचओले अन्तराष्ट्रिय आपतकालीन रुपमा लियो । 

गम्भीररुपमा शुरुमा नलिएको भनि डव्लूएचओलाई ‘व्रोष्ट हेल्थ ओर्गनाइजेशन’(Worst Health organization)भनेर पनि सोसल मेडियामा टिप्पणी गरिएको थियो । अहिले यस सङ्गठनले आफूले यस अवधिमा गरेको कामको अवधिगत फेहरिस्त प्रस्तुत गरेको छ । 

  \"\"
कोरोना भाइरस रमाइलो गर्ने पात्र होइन न त डव्लूएचओका महानिर्देशक भने झैं कोरोनाको नाममा राजनीति गर्ने बेला नै हो । कोभिड-१९ माहामारी विरुद्ध विश्व अहिले एकताको आवश्यकता छ ।

  
(तस्वीर :सोसल मेडिया) (लेखक सूचना आयोगका पूर्व सहसचिव हुन)