🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दुबईबाट नेपाल फर्किएकी महिलाकाे पिसिआरमा नेगेटिभ

 पोखरा, ४ वैशाख (रासस) : ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट गरिएको परीक्षणमा पोखराकी एक महिलामा एन्टिबडी पोजेटिभ देखिए पनि पिसिआर प्रविधिमा भने नेगेटिभ देखिएको छ ।

पोखरा महानगरपालिकाका १० र १२ वडाका ३४ जनाको आरडीटी विधिबाट नमुना परीक्षण गर्ने क्रममा पोखरा १२, ढिकालेथरकी एक महिलामा एन्टिबडी पोजेटिभ देखिएको थियो ।

उनको स्वाब सङ्कलन गरी थप परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएकोमा पिसिआर प्रविधिमा परीक्षण गर्दा नेगेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो । ती महिला करिब एक महिना अघि दुबईबाट नेपाल फर्किएकी थिइन् ।