🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

माननीयज्यूलाई एउटा पश्न -जनताको सरकार तपाई नै होइन र ?

\"\"

                                                                              (सरिता अधिकारी )

गत डिसेम्बरको अन्तबाट चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (COVID-19) ले विश्वका अधिकांश देशहरुलाई  आच्छु आच्छु पाररिहेको छ । त्यसबाट नेपाल पनि अछुतो रहन सकेन । परीक्षणको दायरा बढाएसँगै संक्रमितको सङ्ख्या पनि बढिरहेको छ । यसको परिणाम खुल्ला सिमाना एक कारण बनरिहेको छ । सरकारले समयमै लकडाउन गरेको हुँदा धैरै फैलिएको छैन भन्ने विज्ञहरुको भनाइ छ ।
आज बैशाख ६ गते लकडाउनको २५ औँ दिनसम्म आइपुग्दा कतिपय नागरिकले सरकारमा रहेका २५ जनामा मात्र विभिन्न दोष देखाइरहेका छन् ।

अझ अचम्म लाग्दो कुरा त जुन व्यक्ति संसदमा छ उही व्यक्तिले समेत सरकार सरकार भनरिहेको छ । हुन त यस विषयमा रात दिन नभनी काम गर्ने माननीय सांसद पनि हुनुहुन्छ, उहाँहरु सायद हातको औंलामा गन्नेमात्र हुनुहुन्छ, उहाँहरुप्रति हामी सबैको सम्मान छ ।

जनता के चाहन्छ भने आफूले मत दिएर जितेको सांसदले सो क्षेत्रका जुनसुकै समस्या तथा संकटमा पनि साथ र सहयोग प्रदान गरोस् । यो अपेक्षा राख्नु जायज नै होला । देशको प्रतिनिधि सभामा २४० जना प्रत्यक्ष निर्वाचित १६५ जना समानुपातिक साथै राष्ट्रिय सभामा ६० जना सांसदको जम्बो टोली छ । हामीले बुझेको सरकार त मन्त्रीहरु मात्र नभएर नीति निर्माण तहदेखि  कार्यान्वयनको तल्लो तहसम्मका सम्पूर्ण अंगहरु र सार्वजनिक निकाय सरकार हो । गाउँको बासिन्दाको लागि वडा सदस्य वा कार्यालय नै उसको सरकार हो ।

एकजना समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसद ले लकडाउनमा के गर्दै हुनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उहाँको उत्तर थियो सरकारले घर बस्न भनेको छ त्यसकारण घरमा बस्दैछु । भनेको सुन्दा गरीव जनताले तिरेकाे करबाट तलब भत्ता थापरे पेट पाल्ने उहाँको चाहिं जिम्मेवारी केही रहेनछ भन्ने बुझिन्छ । तर, उहाँको क्षेत्रमा भइरहेका गतिविधि के छन् त ? केही समस्या छन कि ? जनताले तपाइको साथ पो खोजिरहनु भएको छ कि ? उहाँले बुझ्नु भएको छ कि सरकारले केही गरेन भनेर तपाई चाहिं घरभित्रको कोठामा बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहनु भएको छ त ?

बाटोमा अलपत्र परेर  भाेकै प्यासै  हिंडिरहेका ती  दृश्यहरुले माननीयज्यूलाई  पो  खाेजिरहेकाे थियाे कि ? त्याे हृदयविदारक दृश्य   एकपटक हेर्ने प्रयास गर्नु भयो कि त्यो पनि सरकारको मात्र काम हो भनेर घरको गेट लागाएर सुतेर बस्नुभयो । 

माननीयज्यू ! तपाईको बैँक खातामा राज्यले महिनै पिच्छे  कति पैसा जम्मा गरिदिएको छ, पक्कै तपाइलाई थाहा हुनुपर्छ । अनि याे महासंकटमा जनसेवामा तपाईकाे उपस्थिति कहाँ कहाँ  भयाे ?  तपाईले कोरोना रोकथाम तथा उपचार कोषमा कति पैसा जम्मा गर्नु भयो या जम्मा गर्दै हुनुहुन्छ  ?  कि सरकारले स्वास्थ्यकर्मी र प्रहरीको तलब काटायो राम्रो गरेन भन्ने कुरा फेसबुक वालमा लेखेर लकडाउनको पालना मात्र गर्ने  तपाईकाे कर्तब्य हाे ?

यो भाइरसको औषधि नभएको हुँदा तपाईले बनाएको योजनाले पनि त तपाईको क्षेत्रका जनता सुरक्षित हुन सक्थे कि । याद रहोस तपाईका क्षेत्रका जनताले बुझ्ने अलि सानो सरकार वडा सदस्य र अध्यक्ष भएपनि ठूलो र आश भरोशाको सरकार तपाई हो ।

आजसम्म स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लगभग सबै जिल्लामा परीक्षण किट पठाएको छ । काठमाडौँमा त प्रत्येक वडासम्म पुगेको छ । अधिकांश संघीय सांसदहरु काठमाडौँमा बस्नुहुन्छ । तपाइँ बस्ने घरको जोडिएको घरमा विदेशबाट आएका छन् कि बुझ्नुभएको छ कि त्यो पनि सरकारको काम हो भनि लकडाउनको पालना गर्दै बसिरहनु भएको छ ? 

विश्वका विकसित ठहरिएका युरोपियन मुलुकहरु समेत डराइरहेको यो समयमा तपाई त प्राकृतिकरुपमा सुन्दर तर अल्पविकसित राष्ट्र नेपालको सांसद हुनुहुन्छ, पक्कै बुझ्नु भएको छ । त्यसकारण आशा छ, यो रोगसँग लडन तपाईको योजना र कामले थप बल पुग्ने छ । कृपया जुट्नु होला, जनताले बुझ्ने सरकार त तपाई नै हो ।