🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

केपीको आत्मबल

\"\"प्रधानमंत्री केपी ओलीको कोरोना सम्बन्धी हिजोको प्रस्तुतिलाई कतिपयले खिल्ली उडाएको फेसबुकमा पाएँ । तर, मलाई चाहिं प्रधानमंत्रीले छोटो, स्पष्ट र वैज्ञानिक तथ्यका साथ सबैले बुझ्ने गरी कोरोना रोकथामको उपाय बताउनुभएको जस्तो लाग्यो । मैले एकजना विश्वविख्यात वैज्ञानिकले सीएनएनमा ठीक प्रधानमंत्रीले भन्नु भएझै गरी कोरोना निर्जीव भएकोले त्यसलाई मार्न नसकिने तर त्यसको बाहिरी पत्रको रूपमा रहेको फ्याट्टी एलिमेन्टलाई तातोपानीले पखालेर बगाएर बिलुप्त वा अस्तित्वविहीन बनाउने गर्नुपर्छ भनेको स्मरण भएर आएको छ । बोलीचालीको भाषामा कोरोनालाई आफ्नो स्वासनली वा फोक्सोमा घर बनाउन दिनु नहुने नै मुख्य कुरा हो ।

यसैबीच, कोरोना संक्रमित भई तीन हप्ताको उपचार र संयमका साथ निको भएका (संक्रमणमुक्त) दुई महिला (१९ वर्षकी र ६५ वर्षकी) को अन्तरवार्ता हिजो टिभीमा हेर्दा उहाॅहरू दुवैको जोड "आत्मबल" बलियो राख्न सकियो भने कोरोनाको आक्रमणबाट मुक्त हुन सकिने समान धारणा प्रक्ष्येपण भएको पाएँ । यी भुक्तभोगीहरूले त्यति भन्न वा आफ्नो अनुभव भन्दा लौ यी त वैज्ञानिक भएछन् भनेर खिल्ली उडाउन अवश्य मिल्दैन । उहाॅहरूले कोरोनाबाट जोगिने र बाँच्ने टिप्स दिनु भएको हो, मेरो बुझाई त्यही मात्र हो !

प्रधानमंत्री ओलीको भनाई र दुवै कोरोनामुक्त महिलाहरूको भनाईमा खासै भिन्नता वा गल्ती छ भन्ने मैले ठानेको छैन । तर, राजनीतिक पार्टीका प्रमुख, पार्टीका नेताहरू समेत केही बुद्धिजीवीहरूले प्रधानमंत्री ओलीलाई हिजोको उहाॅको भनाईको खिल्ली उडाउॅदै उपहास गरेको देखियो । मलाई लाग्छ, हामीले नीति (policy) मा होइन कार्य (event) मा, बृहत् (macro) होइन संकीर्ण (petty)कुरामा र संस्था (institution) होइन व्यक्ति (individual) को पछाडि लाग्न वा बद्ख्वाँइ गर्दा, मूल विषय वा अहिलेको सन्दर्भमा कोरोना रोकथाममा विषयान्तर हुनथाल्न पुग्छौं ।

अहिले कोरोना महासंक्रमण (Corona pandemic) का कारण आम जनता भोक, रोग र प्रकोपबाट बच्ने प्रयासमा व्यस्त छन् । अहिले कोरोना रोकथाममा सरकारको कमीकमजोरी औंल्याउॅनु वा जनतालाई जीवनचर्या सहज गराउने विचार प्रक्ष्येपण हुनुलाई अन्यथा लिन सकिदैन । तर, कोरोना रोकथामकै विषयमा केन्द्रित हुनुपर्ने बेलामा "राजा फर्काउने वा सरकार फेर्ने वा व्यवस्था नै पल्टाउने" नितान्त राजनीतिक मुद्दाले कुनै पनि आकार लिन असंभव छ ।

यस्तो असान्दर्भिक अभिव्यक्ति अहिलेको विषम परिस्थितिमा जो कतैबाट आए पनि त्यो केवल 'Pennywise but Pound Foolish' अर्थात 'सबैकाम छोडी पुच्छरमा हात' हुनेछ । तर केही राजनीतिक पार्टीका प्रमुख वा नेताहरूबाट समेत यस्तो विचार प्रवाहित हुँदा जनताले पत्याउने उनीहरूको आधार उनीहरू स्वयम् ले समाप्त गरिरहेका छन भन्ने मलाई लाग्छ !

प्रधानमंत्री ओलीको सरकार दूधले धोएको पवित्र र निष्कलंक छैन, तर दुइ-दुइ पटक मृगौला प्रत्यारोपण गरिसकेका प्रधानमंत्री ओलीको हिजोको प्रस्तुतिका बेला उनको अनुहारमा देखिएको आभापूर्ण चमक-दमक लोभलाग्दो थियो, त्यहाॅ नाटकीयता पटक्कै थिएन । एकछिन संकीर्ण राजनीतिलाई अलग राखेर मैले हेर्दा मलाई त्यस्तै अनुभूति भयो । मैले आज बिहानै निष्कर्श निकाले कोरोना संक्रमणमुक्त दुवै महिला र प्रधानमंत्री ओलीलाई साँच्चि नै "आत्मबल" ले पुनर्जीवन दिएको रहेछ ।

धेरै अरूलाई पनि मनमा त्यस्तै लागेको हुनुपर्छ । प्रमं ओलीको अहिलेको शारीरिक र मानसिक आत्मबल, कथम्कदाचित राजनीतिक आत्मबल (political willpower) मा अनुवाद भएछ भने उनले त्यस क्षेत्रमा अझ बलियो पुनर्जीवन पाउनसक्ने देखिदैन त ?
(फेसबुकमा २०७७ वैशाख ७ गते)