🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

थापाथली क्षेत्रका अतिक्रमित क्षेत्र खाली गर्न सुरक्षाकर्मीको माइकिङ

काठमाडौँ, ११ वैशाख : काठमाडौँको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरूबाट अन्यत्र सर्न सुरक्षाकर्मीले २०८३ वैशाख १० गते माइकिङ गरी सबैलाई अनुरोध गरेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले आज सार्वजनिक सूचना जारी गर्दै वैशाख १२ गतेदेखि खाली गरिने भएकाले त्यसअघि नै बस्ती खाली गर्न अनुरोध गरेको हो ।

माइकिङमार्फत अनुरोध गरिएको छ, “वैशाख १२ गते बिहान ६ः०० बजेदेखि घरटहरा भत्काउने र अतिक्रममित जग्गा पूर्ण खाली गर्ने कार्य सुरु गरिने र त्यस कार्यमा अवरोध गरेमा कानुनअनुसार कारबाही हुनेछ ।”

नेपाल सरकारले वास्तविक भूमिहीनको लगत लिई आवश्यक कार्य तत्काल सुरु हुने सूचनामा भनिएको छ । त्यसमा बस्ने अपाङ्गता भएका, बालबालिका, सुत्केरी, वृद्धवृद्धा र बिरामीलाई प्राथमिकता दिई सुरक्षित रूपमा सार्न अनुरोध गरिएको छ । त्यसका लागि सुरक्षाकर्मीको सहयोग चाहिएमा सहयोग माग्न अनुरोध पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *