🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेस संसदीय दलको नेता : निर्वाचन कार्यक्रम स्थगित

काठमाडौँ, ११ वैशाख : नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित गरिएको छ । आजका लागि दलको नेता निर्वाचनमार्फत चयन गर्ने तालिका तोकिएको थियो । पार्टीसँगको परामर्शमा सर्वसम्मत रूपमा नेता चयन गर्ने प्रयास गर्ने भन्दै आजका लागि सम्पूर्ण कार्यक्रम स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।

यसैबीच, आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयानुसार संसदीय दलको नेता चयन सर्वसम्मतबाट गर्ने प्रयोजनका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ ।

उक्त समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेही, निर्वाचन समिति सदस्यहरू मुना भुसाल र अधिवक्ता राजु कटुवाल सदस्य रहनुभएको छ । निर्वाचन कार्यतालिकासहितको अर्को सूचना यथाशीघ्र प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *