🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३ मा राय सुझाव आह्वान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ को मस्यौदामा सरोकारवालाबाट राय सुझाव आह्वान गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै उक्त रणनीतिलाई थप परिष्कृत, व्यावहारिक र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाको सुझाव आवश्यक रहेको जनाएको हो ।

मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नं. ७४ (क) र (ग) बमोजिम ऊर्जा खपत र निर्यात रणनीतिलाई सम्बोधन गर्ने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले उच्चस्तरीय अध्ययन समिति गठन गरेका थिए । उक्त समितिले २०८३ वैशाख १० गते  बिहीबार रणनीतिको मस्यौदा तयार गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री समक्ष पेश गरेको थियो ।

मन्त्रालयका अनुसार ऊर्जा खपत बढाउने तथा खपत गरी बढी भएको विद्युत निर्यातलाई व्यवस्थित गर्ने उद्देश्यले तयार गरिएको रणनीतिमा व्यापक सुझाव समेट्न खोजिएको छ ।

सरकारी निकाय, निजी क्षेत्र, नागरिक समाज, विषय विज्ञ तथा आम सर्वसाधारणलाई मस्यौदा अध्ययन गरी तीन दिनभित्र सुझाव उपलब्ध गराउन आग्रह गरिएको छ । मस्यौदा मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको छ । इच्छुकले मन्त्रालयको इमेल वा फिड ब्याक पोर्टलमार्फत सुझाव पठाउन सक्नेछन् । मन्त्रालयले प्राप्त सुझावलाई समेट्दै रणनीतिलाई अन्तिम रूप दिइने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *