काठमाडौं । गाडी चलाउन नपाएपछि समस्या भएको सडक पाइलट दानबहादुर परियारले बताएका छन् । प्रदेश ३–०१–०५–९७७४ ख नम्बरको गाडीका चालक परियार काठमाडौंमै अल्झेर बसेका छन् ।
धादिङ्गका परियारले लकडाउनको घोषणा हुनासाथ घर पनि जान नपाएकाले समस्या भएको बताए ।
उनले अहिले पैसा नभएर समस्या भएको बताए । उनले पहिले राहत पनि नपाएको भएर खानका लागि समेत समस्या भएको बताए ।
अहिले भने खानका लागि समस्या नभए पनि पैसाको समस्या भएको २२ वर्षे युवा परियारको अनुभव छ ।
काठमाडौंको नारायणस्थानमा डेरामा बस्दै आएका उनलाई नारायणस्थानको वडाबाट बिहीबार (बैशाख १८ गते) मात्र राहत पाए । उनले २० अगाडि भरेको फर्मपछि बल्ल ढिला गरी राहत पाएका हुन् ।
तर यातायात समितिले भने उनलाई यसअघि नै राहत दिएको थियो । सुरुआती दिनमा भने आफूलाई खानका लागि समेत पनि समस्या भएको उनले बताए ।
उनले घरमा बस्दाबस्दा निकै कठिन भएको भन्दै लकडाउन खोलिएको भए काम गर्न पाइने बताए ।
परियारलाई कहिले लकडाउन खुल्ला र गाडी चलाउँला भन्ने छ । उनले भने, ‘एक पैसा छैन खल्तीमा लकडाउन खुले त गाडी चलाउन पाए पैसा हात पर्ने थियो ।’




