🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आफूलाई पदमुक्त गर्नेहरूप्रति \’\’आभारी छु\’\’ भन्दै काेराेना पीडितका लागि सहयोग लिएर  प्रकट भए  लाेकमान सिंह कार्की  

काठमाडाैं । अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगकाे प्रमुख आयुक्तबाट पद मुक्त भएपछि भूमिगत भएका लाेकमान सिंह कार्की २०७७ वैशाख ३० गते  साँझबाट सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकट भएका छन् । आफ्नाे विगत स्मरण गर्दै, वर्तमान र भविष्यकाे याेजना सामाजिक सेवा भन्दै आफूलाई महाभियाेग लगाउन भूमिका खेल्ने सबैप्रति  आभारी छु भन्दै लेखेका छन् -''अब अर्को पाटो, मलाई अख्तियारबाट बहिर्गमन गर्न भूमिका खेल्नुहुने न्यायसेवाका उच्चतम केही महाननुभावहरु, राजनीतिक नेतृत्वलगायत अन्य व्यक्तिहरु जसले महाभियोग प्रस्ताव ल्याउन आफ्नो द्वेध चरित्र लुकाउन अदालतको निर्णय नआएसम्म मलाई निलम्बित राख्नु भयो, पत्र पत्रिकाका उच्च घरानाका केही महानुभावहरु, स्वघोषित केही नागरिक अभियन्ताहरु, व्यापार व्यवसायलाई नैतिक अनैतिक रुपमा आफ्नो गोजीमा राख्ने निजी क्षेत्रका केही व्यक्तिहरु, केही कर्मचारीतन्त्रहरु तथा प्रत्यक्ष /अप्रत्यक्ष रुपमा संलग्न केही महानुभावहरुलाई साधुवाद व्यक्त नगरी रहन सक्तिन । मलाई केही पत्रपत्रिका र अन्य केही व्यक्तिहरुले पलायन भएको भन्ने समेत प्रचार गरेको देख्दापनि कुनै प्रतिक्रिया बिना उचित समयको प्रतिक्षामा मौन रहेको थिएँ । अरुले भन्ने दृष्टिको खोज गर्दा दृष्टिदोष मात्र प्राप्त हुन्छ । त्यसमा मेरो कुनै सरोकार पनि छैन् । तथापि अरुको वारेमा चियोचासो गर्नु भन्दा आफ्नो अन्तर यात्रामा प्रवेश गर्नु श्रेयकर हुने देखेर वहाँहरुलाई पनि सोही गर्न सुझाव दिंदैछु । परमात्माले कहिल्यै अहित गर्दैन । शायद अख्तियारमै रहेको भए यही छुद्रता भित्र नै रमेर बसेको हुने थिएँ । तसर्थ उहाँहरु प्रति आभारी छु ।''

''आज विश्वव्यापी महामारीको रुपमा विश्वलाई नै स्तव्ध बनाउदै कोरोना भाईरस (कोभिड-१९)बाट आक्रान्त हुने पीडादायी परिस्थिति श्रृजना हुन पुगेको छ । जसबाट नेपाल र नेपालीहरु पनि प्रताडित र अछुतो नभएको स्थिति छ । विपदको वेला सानो सहयोगले पनि ठूलो भूमिका खेल्न सक्छ ।''

''यस परिस्थितिमा सबैभन्दा अग्रपंक्तिमा रहेर महत्वपूर्ण भूमिका खेलिरहेका स्वास्थ्यकर्मीहरुसंग आफ्नो सुरक्षाको लागि अत्यावश्यक सामाग्रीको कमी दृष्टिगत गरि उनीहरु सुरक्षित भए मात्र अन्य सबै सुरक्षित हुने हुँदा यही वैशाख ७ गते प्रतिष्ठानको मेरो अध्यक्ष्यतामा बसेको बैठकले करिव १२ लाखको सहयोग प्रदान गर्ने निर्णय गरको थियो । जस मध्ये सात वटै प्रदेशमा ३०० थान पि.पि.ई.पूर्ण शारीरिक सेट, २५० थान एन-९५ मास्क, ५० थान डिजीटल थर्माेमिटर र २० थान ईन्फ्रारेड गन वितरण गर्ने निर्णय अनुसार सातै प्रदेशमा सोही वमोजिम हस्तान्तरण गरि सकिएको व्यहोरा अवगत गराउदछु ।''

''यस विपदको घडीमा सरकारद्वारा सुरक्षाको ख्याल गरेर लगाएको लकडाउनले दैनिक ज्यालादारीमा जीवन गुजार्न वाध्य दाजुभाई-दिदीबहिनीहरुलाई पर्न गएको मर्का र खाद्यान्न अभाव दृष्टिगत गर्दै प्रतिष्ठानको आज बसेको बैठकले करिव १००० विपन्न वा अत्यावश्यक परिवारलाई चामल, दाल, नून, तेल गरि करिव रु १५ लाख वरावरको खाद्य सामाग्री वितरण गर्ने निर्णय गरेको छ । लकडाउनको नियम पालना गर्दै सामाजिक दुरी कायम राख्दै उक्त खाद्यान्न वितरण गर्ने उपयुक्त निकाय र उपयुक्त व्यक्तिको सक्दो छिटो खोजी गरी वितरण गर्ने यहाँहरु समक्ष राख्न चाहान्छु ।'' 

  २०७७ वैशाख ३० गते  साँझ ५ बजे लामाे स्टाटस लेख्दै फेसबुकमा प्रकट भएका  लाेकमान सिंह कार्कीकाे फेसबुक  भित्ताेमा ३ घण्टाभित्र ९५७ जनाले लाइक गरेका छन् भने  १८५ ले कमेन्ट र १७ जनाले कार्कीकाे स्टाटस शेयर गरेका छन् ।

''भूपालमान सिंह प्रज्ञा प्रतिष्ठान पनि धेरै बर्षदेखि सुचारु रुपले संचालन भई नै रहेको थियो तर प्रचारमुखी मात्र थिएन । यो आफ्नो कर्तव्यबाट विमुख भएको थिएन र हुँदैन पनि'' यही प्रतिष्ठानमार्फत सक्रिय रहने पनि उल्लेख गरेका छन् । ''नेपाल कै सबैभन्दा ठूलो धनराशी रु एक करोडको अक्षयकोषको स्थापना  आफ्ना  बुवाज्यूद्वारा २०५२ सालमा भए पश्चात विभिन्न पुरस्कार लगायत सेवामुखी कार्यमा करिव डेढ करोड राशी प्रदान गरिसकेको'' बताउँदै याे संस्थामार्फत क्रियाशील रहने पनि उल्लेख गरेका छन् ।