जुन सहरमा धेरै फ्लाईओभर पुल ओभर अन्डर क्रसिंग मोनोरेल हुन्छन् ती सहर फोक्से मोटाई हुन् । अनावश्यक बोसो र नचाहिने बोझ बन्दै गएर बस्न अनुपयुक्त हुने र हु“दै जान्छन् । सहर चिटिक्कको छरितो स्लीम र सुन्दर खुला मैदान र आकाश भएको पदयात्रु हिंड्न र साईकल चढ्न उपयुक्त भएको भए मात्र सहरबासी खुसी–सुखी र स्वस्थ हुन्छन् । सहर भनेको गाउ“को स्वाद र गाउ“ भनेको सहरको सुविधा भएको होस् र पो त जहा“ बसे पनि आनन्दै आनन्द मिल्छ । आधुनिक बिकासका नाममा मोटे फोक्से भद्दा कुरूप सहर कदापि नबनाईयोस, नबनोस् यस्ता गल्ती नहोस् । सूर्य कहिले उदाउछ अस्ताउछ, जुन र तारा के हो, पूर्णे र औंसीमा आकाश कस्तो हुन्छ देख्नै नपाईने सहर पनि छन् विश्वमा, हामी त्यस्ता सहर बनाउन तिर कदापी लाग्नु हुदैन । –उपाध्याय भीम




