नेपालमा खासै प्रचलनमा नभए पनि पश्चिमा मुलुकहरूमा कुकुर पालन र कुकुरका शौखिन मानिसहरू अत्याधिक छन् भन्दा फरक पर्दैन । प्रायः हरेक घरमा कुकुर भएकै हुन्छ । यसै कुरालाई मध्यनजर गर्दै अनुसन्धानकर्ताहरूले यदि कु्कुर तथा घरका मालिक समस्यामा छन् भने कुकुरले प्रहरीलाई फोन गर्न सक्ने नयॉ प्रविधि विकास गरेका छन् । अमेरिकाको जर्जियास्थित एक टेक्नोलोजी विश्वविद्यालयले यस्तो अनौठो ट्याब्लेट आविष्कार गरेको छ जसलाई मानिसले होइन कुकुरले प्रयोग गर्नेछ । यदि घरमालिकलाई अचानक हृदयघात भयो भने कुकुरले ट्याब्लेटमा नाकको मद्दतले इमर्जेनसी नम्बर कल गर्न वा टेक्स्ट गर्न सक्छ । कुकुरले ट्याब्लेटको स्क्रीनमा स्पर्श गर्नासाथ विभिन्न आइकन खुल्छन् । त्यहॉ इमर्जेन्सी नम्बर पनि हुने गर्दछ । जिपिएसको मद्दतले तुरुन्तै प्रहरीले लोकेशन पत्ता लगाउन सक्छन् ।




