🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लकडाउनपछि गाडी छाडेर घर बनाउने मजदूरी गर्दैछु : सानु थापा

(कोरोना भाइरसको महामारी फैलन नदिन सरकारले लगाएको लकडाउनले धेरैको जागिर गइसकेको छ । सबैभन्दा बढी असर गाडी लाइनमा लागेकाहरूलाई भएको छ । सार्वजनिक यातायात नचलेपछि गाडी मालिक, स्वरोजगार चालक, गाडीचालक, सहायक सबैको आम्दानीको स्रोत ‘शून्य’ मा झरेको छ । गाडी चालकहरू २०७६ चैत ११ गतेदेखि सरकारले लगाएको लकडाउनपछि कसरी बसिरहेका छन् त ? साँघुले सडक पाइलटसंगको अन्तरड्डमा यसअघि अन्तर्वार्ता लिएका सडक पाइटलसंग फेरि उनीहरूको वर्तमान अवस्थाबारेमा कुराकानी गरेको छ–सम्पादक) 

लकडाउन लाग्नु अघि ३५ वर्षीय काठमाडौं टोखाका सानुले बा ५ ख ३४९६ नम्बरको गाडी चलाउँथे । लकडाउनपछि गाडी ग्यारेजमा थन्किएको छ । अहिले उनले के गरिरहेका छन् त ?
यस सम्बन्धमा उनले भने, ‘गाडी चलाउन पाइएन ।  लकडाउन लाग्यो । त्यसपछि तुरुन्तै काम पाइहालें । घर बनाउने  काममा लागें । म खाली भएको छैन । 

कसरी पाउनु भयो त काम ? भन्ने प्रश्नमा उनले भने, ‘पहिले पनि गरेकै हो । गाडी चलाउनु भन्दा अगाडि घर बनाउने डकर्मी काममा पनि काम गरेको थिएँ । अहिले भाग्यले ठ्याक्कै काम पाइहालें त्यही गरिरहेको छु ।’ 

गाडी चलाउन भन्दा त गाह्रो होला नि ? भन्ने प्रश्नमा उनले भने, ‘गाह्रोसाह्रो त त्यस्तै हो । तर सजिलै छ भन्नुपर्दथ्यो । मैले किचन बनाउने काम गर्छु नयाँ घरमा । भित्रको काम भएकाले सजिलै छ । गाडी लचाउन जति सजिलो अलि छैन काम । ’

खटाइ त बढी नै होला नि ? भन्ने प्रश्नमा उनले भने, ‘खटाइ उस्तै हो । बिहान ५ बजे हिँडेर राति ८ बजे आइन्छ । व्यस्त नै भइन्छ ।’

लकडाउनले गर्दा खानपानलगायतमा कुनै समस्या भएन त ? भन्ने प्रश्नमा उनले भने, ‘पैसा आउन रोकिएन त्यसले समस्या भएन । कहीँ माग्नु परेन । यही नै ठूलो कुरा भयो अहिले ।’

तपाईले चलाउँदै आएको गाडी कहाँ त ? भन्ने प्रश्नमा उनले भने, ‘गाडी त कम्पनीको हो कम्पनीमै रहेको छ । 

गाडी चलाउन छोड्नु अनि झ्याप्पै काम कसरी पाउनु भयो त ? भन्ने प्रश्नमा उनले भने, ‘साथीभाइ थिए चिनेका सल्लाह गरें । हुन्छ भन्ने कुरा भयो । अनि अर्को दिन नै गइहालें ।’

काम गर्न बिर्सिनु भएको रहेनछ ? भन्ने प्रश्नमा उनले हाँस्दै भने, ‘त्यो त एकैछिनमा सकिने कुरो भयो । अनुभव काम आयो । 

तपाईंका अन्य चालक साथीहरूले के गरिरहेका छन् त ? भन्ने प्रश्नमा उनले भने, ‘अहिले त भेट पनि भएको छैन । उनीहरू पनि केही न केही त गर्दै होलान् । कोही घरतिर गएका छन् । तर, धेरैको जागिर खोसियो । नयाँ काम त कहाँबाट पाउनु र । ’

तपाईको सहयोगीले पनि काम पाए त ? भन्ने प्रश्नमा उनले भने, ‘खलासी गाउँ गएको थियो । काम लाइदिनु दाइ भन्दै थियो । अब अहिलेको काममा पनि मान्छे धेरै छन् । नयाँ मान्छे मैले राख्नै सकिन । ऊ खाली नै छ ।’

घर बनाउने काममा अहिले मजदूर धेरै छन् ? भन्ने प्रश्नमा उनले भने, ‘मजस्ता मान्छेहरू आए । अन्त बेरोजगार भएकाहरू पनि रोजीरोटीका लागि आए । त्यसैले धेरै भए ।’
तपाई त टोखाको मानिस, टोखामा त कोरोना भाइरसको संक्रमण बढ्यो भन्छन् नि ? भन्ने प्रश्नमा उनले भने, ‘त्यो त हो । तर के गर्ने घरमा मानिस घरबाट बाहिर निस्कन्नन् म सुरक्षित भएर निस्कने गरेको छु ।’

सुरक्षित भनेको कस्तो ? भन्ने प्रश्नमा उनले भने, ‘अरु त के हुनु र मास्क लगाउँछु । यही मास्क लगाउनु भनेको छ सरकारले ।’

सेनिटाइजर नि ? भन्ने प्रश्नमा उनले सटिक जवाफ दिए, ‘त्यो त लगाउन्न । था’नि छैन । मलाई लगाउन पर्दैन ।’

भीड हुँदो हो नि काम गर्दा त ? भन्ने प्रश्नमा उनले भने, ‘किचनको काम गर्ने भएकाले धेरै भीड केही हुँदैन । हेल्पर लिएर काम गर्ने हो । मान्छे धेरै हुन्नन् ।’

नयाँ काममै जम्नु भयो हैन ? भन्ने जिज्ञासामा उनले भने, ‘यो समयले पारेको काम हो । ठीकै भयो । चार महिना त हुन लागेछ यो काममा लागेको पनि ।’

लकडाउन खुलेपछि पनि यही काम गर्नुहुन्छ ? भन्ने प्रश्नमा भने, ‘हैन । गाडी चलाउँछु नि । गाडी चलाउन छाडेर यो गर्दिन । लकडाउन खुलोस् न ।’

कहिले खुल्ला त लकडाउन ? भन्ने जिज्ञासामा उनले भने, ‘यो त थाहा भएन । मान्छे बढेका छन् भन्छन् । छिटै त के खुल्ला र ।’

अन्त्यमा उनलाई घर बनाउने काम नपाएको भए के हुन्थ्यो ? भन्ने प्रश्नमा उनले भने, ‘वर्वादै हुन्थ्यो नि । मागेर खान लाज लाग्थ्यो । भगवानको कृपा रै’छ ।’ नत्र त अन्य साथीहरूको जस्तै दिन बिताउन पर्दथ्यो । मलाई गाह्रो हुन्थ्यो । मिहिनेत नगरी कहिल्यै सुतिएन ।’