🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 कम्युनिष्टको चियोचर्चो होइन पहिले काङ्ग्रेस बनाउ – महामन्त्री कोइराला

पोखरा, १७  पुस (रासस) : नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाली काँग्रेसमा एक अर्कामा आरोप प्रत्यारोपभन्दा पनि एकता आवश्यक रहेको बताएका छन्  । 

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेस, कास्कीद्वारा पुस १६ गते  यहाँ आयोजित कार्यक्रममा उनले सम्पन्न निर्वाचनमा गणितीय रुपमा हार जस्तो देखिए पनि हारको मनस्थितिमा रहनु आवश्यक नभएको बताए  । 

निर्वाचन लगायतका विषयमा पार्टी केन्द्रले चाँडै नै समीक्षा गर्ने बताउँदै उनले आगामी दिनमा पार्टीलाई कुन रुपमा अघि बढाउनेलगायतका विषयमा छलफल गरिने उल्लेख गरे  । 

“पार्टीभित्र सभापतिलाई मात्र दोष दिएर हुँदैन, सर्वप्रथम आफूलाई नै हेरौँ,” उनले भने, “टिकट वितरणलगायतका धेरै कुरामा त्रुटि भएका छन्, यी सबै त्रुटि आगामी दिनमा सच्याएर अघि बढ्नु आवश्यक छ ।” 

काँग्रेसले आगामी दिनमा सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै महामन्त्री कोइरालाले पार्टी संगठनलाई सुदृढ र एकताबद्ध गराएमा मात्र बिपीप्रति सच्चा सम्मान हुने बताए  । 

काँग्रेसका नेता खेमराज पौडेलले राष्ट्रियता एवं राष्ट्रको हितलाई सर्वोपरी राख्दै २०३३ सालमा बिपीले लिनुभएको मेलमिलाप नीति वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताए । आगामी दिनमा कम्युनिष्टको चियोचर्चो भन्दा पनि कसरी पार्टी संगठनलाई कसरी राम्रो बनाउने हो त्यसतर्फ ध्यान दिनु आवश्यक रहेकोमा उनले जोड दिए  । 

प्रदेशसभा सदस्य विन्दुकुमार थापाले एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताए  । 

नेपाली काँग्रेस, कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँग्रेस नेता शुक्रराज शर्मा, पूर्वसांसद शारदा पौडेल, सचिव रामराज लामिछाने, महाधिवेशन प्रतिनिधि देवराज चालिसेलगायतले विपीका विचार र आदर्शबाट पार्टी विचलित बन्दै गएको बताउँदै आगामी दिनमा पार्टीलाई अझै एकताबद्ध बनाएर अघि बढाउनुको विकल्प नभएकोमा जोड दिएका थिए  । 
––– 
–––