🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

खोप सुरक्षित, बेलायतले माग्यो १० करोड मात्रा 

काठमाडौं । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोनाभाइरसविरुद्धको खोप सुरक्षित रहेको पाइएको छ । साथै खोपले रोग प्रतिरोधी क्षमतासमेत सक्रिय तुल्याउन सक्ने देखिएको छ । 

बीबीसीका अनुसार हालसम्म १ हजार ७७ जनामा उक्त खोपको परीक्षण गरिएको छ । ती खोप लगाएकाहरूमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने एन्डिबडी र टी सेलहरू विकास भएको छ । 

खोपको परीक्षण सकारात्मक देखिए पनि संक्रमणविरुद्ध सुरक्षा प्रदान गर्न यो पर्याप्त छ कि छैन ? यो प्रष्ट हुन अझै केही समय प्रतीक्षा गर्नु पर्ने भएको छ । 

वैज्ञानिकहरूले हतारमा कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगमा नल्याउन सुझाइ रहेका छन् । यद्यपि, बेलायतले उक्त खोपको १० करोड मात्रा उपलब्ध गराउन माग गरेको छ । 

कोरोना भाइरसविरुद्धको खोप द्रुत गतिमानिर्माण भएको छ । जसलाई  ChAdOx1 nCoV-19 नामाकरण गरिएको छ ।

खोप चिम्पान्जीहरूमा रूघाखोकी लाग्नमा जिम्मेवार एक भाइरसलाई आनुवंशिक सुधार गरेर तयार गरिएको बीबीसीमा उल्लेख छ । उक्त भाइरसलाई भने मानिसमा संक्रमण फैलाउन नसक्ने गरी कोरोना भाइरसजस्तै बनाइएको छ । 

एन्टिबडी प्रतिरक्षा क्षमताका भाग हुन्। यसलाई तटस्थ मात्रै राख्न सक्यो भने पनि कोरोना भाइरस निष्क्रिय हुनसक्छन् । टी–सेल श्वेत रक्त कोषहरू हुन्। यसले कोषहरूको प्रतिरक्षा प्रणालीलाई समन्वय गर्न सहयोग गर्छन् । कोषको संक्रमण पत्ता लगाएर नष्ट गर्ने काम पनि यसले गर्छ । 

यो खोप सुरक्षित भए पनि त्यसका केही असरहरू देखिएको बताइएको छ । परीक्षण गरिएका ७० प्रतिशतमा टाउको दुख्ने र ज्वरो आउने लक्षण देखिएको छ । जसलाई प्यारासिटामोलले ठीक पार्ने अनुसन्धानकर्ताको भनाइ छ । 

अक्सफोर्ड अनुसन्धान समूहका एक प्राध्यापक एन्ड«यू पोलार्ड रोगप्रतिरोधात्मक प्रणालीले भाइरसलाई सम्झने र खोपले मानिसहरूलाई लामो समयसम्म सुरक्षित राख्ने बताउँछन् । 

अक्सफोर्ड विश्वविद्यालयकी प्राध्यापक साराह गिल्बर्डले खोप तयार भए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताएकी छन् ।