🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विवादरहित प्रमुख सचिव हरि बस्याल संचार सचिवमा नियुक्त 

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी २०७७ वैशाख ३१ गतेबाट अवकास भएपछि रिक्त सचिव पदकाे पूर्ति तीन महिना पाँचदिनबितेपछि भएकाे छ । २०७७ साउन ५ गतेकाे मन्त्रिपरिषदले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाे  सचिवमा गण्डकी प्रदेशका प्रमुखसचिव हरि प्रसाद बस्याललाई  नियुक्त गरेकाे छ । 

सञ्चार  तथा सूचना प्रविधि मन्त्रीकाे जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडालाई ताेकिएकाे छ । सचिव पनि नभएकाे र मन्त्री पनि अति व्यस्त हुने  भएकाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाे कामकारवाहीमा समस्या परेकाे थियाे । सरकारले भने सञ्चार सचिव खाेज्दाखाेज्दै लगभग सय दिन समय  बिताएपछि बल्लतल्ल नियुक्त गरेकाे छ । 

सञ्चार  तथा सूचना प्रविधि  मन्त्रालयकाे सचिवका लागि केही प्रमुख सचिवका नामहरू पनि चर्चामा रहेका थिए ।  गण्डकी प्रदेशका प्रमुख सचिव हरि प्रसाद बस्यालकाे नाम र बागमती प्रदेशका प्रमुख सचिव ताेयम राया र  चर्चामा रहेकाे थिए ।

शिक्षा र संचार क्षेत्र राेजेका  गण्डकी प्रदेशका प्रमुख सचिव हरि प्रसाद बस्यालले  राेजेकै मन्त्रालय पाएका छन् । सहसचिव हुँदा अर्थ, शिक्षा र ल्हासाकाे महावाणिज्यदूतकाे समेत जिम्मवारी सम्हालिसकेका गण्डकी प्रदेशका प्रमुख सचिव हरि प्रसाद बस्यालकाे राेजाइमा संचार र शिक्षा नै रहेकाे थियाे। 

अहिलेसम्म कुनै विवादमा नपरेका निष्कलंक   गण्डकी प्रदेशका प्रमुख सचिव हरि प्रसाद बस्याललाई नेपाल सरकारले सरकारकाे मुख( प्रवक्ता) रूपमा रहेकाे मन्त्रालयकाे जिम्मेवारी सम्पिएकाे छ ।

हाल विषम अवस्थामा रहेकाे संचार क्षेत्रमाकाम नगरेका  नवनियुक्त सचिव बस्यालका लागि विवादस्पद  रूपमा रहेकाे टेलिकम क्षेत्र र पत्रकारिता चाहिं चुनाैती रूपमा रहेका छन् । साँघु न्यूजडटकम नवनियुक्त संचार सचिव हरि प्रसाद बस्यालकाे सफल कार्यकालका लागि शुभ कामना व्यक्त गर्दछ ।