🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेकपाको पछिल्लो विवादमा महरा कता ?

काठमाडौं । संसद् सचिवालयकी महिला कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाए पनि जिल्ला अदालत काठमाडौंबाट पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाइसकेका छन् । अदालतबाट सफाइ पाएका महरा खासै चर्चामा छैनन् । कुनै समय प्रचण्डको अति विश्वासपात्र मानिने महरा नेकपाको पछिल्लो विवादमा कतातिर होलान् ? धेरैमा जिज्ञासा छ । 

स्रोतका अनुसार, महरा केपी ओलीसँग रुष्ट छन् । प्रकरण बल्झनुमा उनी स्वयं जिम्मेवार भए पनि प्रधानमन्त्री ओलीले  बचाउ गर्ने भन्दा पनि फसाउन खाेजेकाे उनको बुझाइ  छ । अध्यक्ष प्रचण्डसँग पनि महराले चित्त दुखाएका छन् । प्रचण्डका सबैजसो दुःख–सुखमा साथ दिँदा पनि आफ्नो दुःखमा असहयोग गरेको उनले आफू निकटस्थसँग बताउने गरेका छन् । त्यसैले उनी अहिले दुवै  अध्यक्षकाे  विवादमा कुनै पक्षमा खुलेका छैनन् । 

प्रचण्ड र ओली कतैतिर नखुले पनि पार्टी फुट्नु फुटाउनु हुन्न भन्ने सांसद  महराको स्पष्ट मत रहेको बताइन्छ ।  व्यक्तिगत,  गुटगत ढंगले नभई विधि र प्रक्रियामार्फत एकताको महाधिवेशन गर्नु उपयुक्त हुने भनाइ महराको रहेको उनीनिकट एक नेताले बताए । 

‘महरा कमरेड ओली र प्रचण्ड दुवै पक्षतिर खुल्नु भएको छैन,’ ती नेताले भने, ‘तर उहाँ पार्टीमा गुट उपगुट भत्काएर विधि र विधान, पद्धतिमा पार्टी चल्नु  पर्ने र एकताकाे  महाधिवेशनमा जानुपर्ने पक्षमा हुनुहुन्छ ।’