🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लकडाउन अन्त्य, भदौ १ बाट विद्यार्थी भर्ना

काठमाडौं । २०७७ साउन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउनको अन्त्य गर्ने निर्णय गरेको छ । नेपाल सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले चैत ११ गतेदेखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिए ।  काेराेनाका बिरामी बढ्दै गइरहे पनि सरकारले लकडाउन हटाएकाे हाे ।

सरकारले साउन १५ देखि होटल रेस्टुरेन्टहरु खोल्न दिने निर्णय गरेतापनि सामुहिक भोज, पार्टी र सेमिनारजस्ता गतिविधि सञ्चालन गर्ने अनुमति भने दिएको छैन । 

सरकारले साउन भदौ १ देखि विद्यार्थी भर्ना सुरु गर्ने, परीक्षा कार्यक्रम तथा शैक्षिक गतिविधि सञ्चालन गर्न सकिने निर्णय गरेको छ । त्यसैगरी, भदौ १ गतेदेखि नै छोटा, मध्यम र लामो दूरीका यात्रुबाहक सवारीसाधनहरु सञ्चालन गर्न दिने, आन्तरिक तथा बाह्य व्यावसायिक हवाई उडान खुला गर्ने निर्णय पनि गरेको छ । 

२०७७ साउन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेकाे निर्णयहरू निम्न रहेकाछन् – 

https://mocit.gov.np/categorydetail/cabinet-2077-04-05