🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 हरियो मटर अवैध रुपमा चोरी निकासी गर्दै गरेको  मिनीट्रकसहित पक्राउ 

मोरङ, २०७७ साउन २२ गते।  अवैध रुपमा भारततर्फ चोरी निकासी गर्दै गरेको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको ६ हजार २ सय ५० केजी हरियो मटरसहित को.१ ख ४८८७ नम्बरको मिनीट्रकलाई धनपालथान गाउँपालिका-२ पौठाबाट बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उक्त स्थानमा हरियो मटरको अवैध रुपमा चोरी निकासी भइरहेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी मायागंजबाट खटिएको प्रहरीलाई देखेर मिनीट्रक नै छाडेर चालक फरार भएपछि प्रहरीले उक्त ट्रक सहितको सामान नियन्त्रणमा लिएको हो ।

    बरामद हरियो मटर सहितको ट्रक आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    उक्त हरियो मटर धनपालथान गाउँपालिका-२ बस्ने दिलिप साहको रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । हाल फरार दिलिप साह र मिनी ट्रकका चालकको प्रहरीले खोजी गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ ।