🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मिदिमखोला जलविद्युतको कार्यालय तोडफोड

मध्यनेपाल, लमजुङ, २१ पुस (रासस) : पश्चिम लमजुङको मध्यनेपालमा रहेको तीन मेगावाट मिदिमखोला जलविद्युत् आयोजनाको कार्यालय तोडफोड भएको छ । मध्यनेपाल–८, करापुमा रहेको कार्यालयमा बिहीबार साँझ तोडफोड भएको हो ।

सोही नगरपालिकाअन्तर्गत डढुवाका स्थानीयवासीले ढुंगामुढा प्रहार गरेर कार्यालय तथा कर्मचारी आवासगृहमा तोडफोड गरेको आयोजनाले जनाएको छ । केही दिनअघि उनीहरुले बा“ध क्षेत्रमा रहेको हेडवक्र्सको प्यानलबोर्ड पनि तोडफोड गरेका थिए ।

तोडफोडबाट जलविद्युत्को आवासगृह र कार्यालयका गरी छवटा कोठामा क्षति भएको छ । स्थानीयवासीको ढुंगामुढा प्रहारबाट आयोजनाको आवासगृह र कार्यालयको पर्खाल, ढोका, झ्याल साथै कोठाभित्रका कम्प्युटर, दराजलगायतका सामग्रीमा क्षति पुगेको बताइएको छ । त्यस्तै ग्यारेजमा राखिएको बा१३ज २४६३ नं को पिकअप जिपमा पनि क्षति पुगेको आयोजनाले जनाएको छ ।

आयोजनासँग विभिन्न माग राख्दै आएका स्थानीयवासीले सुनुवाइ नभएको भन्दै तोडफोड गरेको बुझिएको छ । घटनामा संलग्नहरु फरार भएको र उनीहरुलाई खोजीकार्य तीव्र बनाइएको इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्स्पेक्टर जयराम वन्तले जानकारी दिएका छन् ।
–––