🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रसायनिक मल नपाएपछि पूर्वमन्त्रीले गुहारे प्रधानमन्त्री र कृषिमन्त्री 

काठमाडौं । कृषि कर्ममा लागेका पूर्वमन्त्री जयप्रकाश गुप्ता (जेपी) ले मल र कीटनाशक औषधिको बजारमा अभाव भएको गुनासो गरेका छन् । उनले समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कृषिमन्त्री घनश्याम भुसाललाई गुहारेका छन् । 

पूर्वमन्त्री गुप्ताले मल अभावमा धानमा गबारो महामारी झै फैलिएको बताएका छन् । मल र कीटनाशक औषधि मात्र नभएर कृषि ज्ञानकेन्द्र पनि परामर्शमा उपलब्ध नभएको गुप्ताको गुनासो छ । 

‘समय बित्यो युरिया पाइएन । गवारो महामारीझैं फैलँदो छ,’ गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओली र घनश्याम भुसाललाई मेन्सन गर्दै लेखेका छन्, ‘कीटनाशक प्रभावहीन देखिँदैछ । कृषि ज्ञानकेन्द्रहरू परामर्शमा समेत उपलब्ध छैनन् । १ बिघामा ५ केजी फोरेट हालेर किसान विष फलाउँदैछन् ।’ 

\"\"

सबैले चर्चा गर्ने क्षेत्र ठूलो उपेक्षामा परेको उल्लेख गर्दै गुप्ताले यसलाई आलोचनाका रूपमा मात्र नलिने प्रधानमन्त्री र कृषिमन्त्रीलाई आग्रह गरेका छन् । 

गुप्ता भ्रष्टाचार अभियोगमा अदालतबाट कैद भुक्तान गरेका व्यक्ति हुन् । जेलबाट निस्किएपछि केही समय राजनीतिमा पुनरागमन हुने कसरत गुप्ताले गरेका थिए । तर उनको प्रयासले आकार लिन नसकेपछि उनी कृषि कर्ममा लागेका छन् ।  गृहजिल्ला सप्तरीको धरमपुरमा गुप्ताले तरकारी, फलफूललगायतको खेती गरिहेका छन् । 

माओवादी आन्दोलनबाट उदाएर मन्त्रीसमेत बनेका लोकेन्द्र बिष्ट पनि राजनीतिबाट ओझेलिएर कृषि पेसामा लागेका छन् । उनले दाङमा गरिरहेको ड्रागन खेतीलाई धेरैले उदाहरणीय कर्म गरेको टिप्पणी गरेका छन् । 

विद्वान कृषिमन्त्री आउँदा पनि समस्या र अवस्था उस्तै 

रकम तिरेर समयमै रसायनिक मल नपाउने समस्या वर्षौं परानो हो । नेकपाका सैद्धान्तिक, बौद्धिक र इमान्दार नेता घनश्याम भुसालले कृषि मन्त्रालयको नेतृत्व सम्हालेपछि रसायनिक मलको अभाव नहुने किसानले अपेक्षा गरेका थिए । तर विद्धान कृषिमन्त्री देशले पाउँदा पनि किसानले रकम तिरेर खरीद गर्ने मलसमेत प्राप्त गर्न सकेनन् । 

प्रदेशमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय छन् । तिनले पनि कृषकको समस्या समाधान गर्न कुनै कदम चालेका छैनन् ।