🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कमरेडहरुबाट टाढिदै प्रचण्ड  : गुट जन्माउँदै टोपबहादुर ? 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र २०७६ मंसिर ४ देखि जारी अन्तर्संघर्ष २०७७ वैशाख अन्तिममा अध्यादेश ल्याएपछि उत्कर्षमा पुग्यो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायतको शीर्ष नेतृत्व प्रधानमन्त्री केपी ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने अडानमा रह्यो । 

सचिवालय बैठकले निर्णय गर्न सकेन् । स्थायी समिति बैठक बोलाइयो । ४३ सदस्यीय स्थायी समितिमा ३० जनाले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा मागेको प्रचार गरियो, तर औपचारिक निर्णय भने हुन सकेन । 
 त्यसपछि स्थायी समिति बैठकमा पनि अध्यक्ष ओली जान छाडे । पटक पटक स्थगित भयो ।

त्यसपछि नेकपा विभाजनको संघारमा पुगेको अनुमान गरिएको अवस्थामा एकाएक २०७७ साउन ३० मा पार्टीभित्रको विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल बनाइयो ।

कार्यदल गठनलाई पनि प्रधानमन्त्री ओलीको अल्मल्याउने रणनीतिका रुपमा माधव नेपाल र झलनाथ खनालले लिएको चर्चा चल्यो । र, नारायणकाजी श्रेष्ठले असन्तुष्टी व्यक्त गरिसकेका छन् ।

  प्रधानमन्त्री ओलीले स्थायी समिति सदस्यहरुलाई क्रमशः आफूतिर तान्दै प्रचण्ड–माधव नेपाल समूहलाई कमजोर बनाउने रणनीति अपनाउन थालेका छन् । यसबीचमा टोपबहादुर रायमाझी, मणि थापा प्रचण्ड क्याम्पबाट ओली क्याम्पतिर ढल्किसकेका छन् ।

हरिबोल गजुरेलले पनि ओलीतिरै आफ्नो लोयल्टी देखाउन थालिसकेका छन् ।  यसअघि लेखराज भट्टले प्रचण्डलाई बाईबाई गरिसकेका छन् । 

 कतिपयले रायमाझी ओलीतिर गएको नभई उनले छुट्टै गुट बनाएको भन्ने गरेका छन् । रायमाझीहरु जानै परे ओलीतर होइन, रामबहादुर थापाको गुटमा सामेल हुनसक्ने नेकपाका स्रोत बताउँछ । 

मणि थापा कसरी ओलीतर लागे भन्ने कुरालाई लिएर प्रचण्ड निवासमा अनेक चर्चा हुन थालेको छ । प्रचण्ड निकट नेताहरुले थापा प्रलोभनमा परेको टिप्पणी गर्न थालेका छन् ।

प्रचण्ड निकट समूहमा चलेको चर्चाअनुसार थापालाई ओली समूहतिर नजिक बनाउन उनकी पत्नी रञ्जना श्रेष्ठलाई विपद् व्यवस्थापन प्राधिकरणको विज्ञमा  नियुक्ति गरिएको हो । 

 चर्चित टेलिभिजन पत्रकार रञ्जनाले कान्तिपुर टेलिभिजन, बीबीसी र संचारिका समूहद्वारा संचालित कार्यक्रम समकोण कार्यक्रममा समेत काम गरेकी थिइन् ।

कान्तिपुर टेलिभिजनमा संगै काम गरेका पत्रकार तीर्थ कोइरालाका अनुसार श्रेष्ठ साह्रै मिहिनेती र सक्षमतावान पत्रकार हुन् । मणि थापाको कारणले भन्दा पनि रञ्जनाको योग्यता र क्षमताका कारणले सरकारले प्राधिकरणमा लगेको स्रोत बताउछ ।

सरकारले टोपबहादुर रायमाझीको सिफारिसमा राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा शिव कोइराला ‘ज्वाला’लाई नियुक्त गरेको छ । ओलीको पक्षमा सकारात्मक भएवापत रायमाझीकै सिफारिसमा कोइराला नियुक्ति भएको नेकपा वृत्तमा चर्चा चलेको छ । ज्वालाविरुद्ध अदालतमा मुद्दा भएपनि उनलाई नियुक्ति गरेको विषय पनि सार्वजनिक भएको छ । 

 ज्वाला तत्कालीन वाइसीएल काठमाडौंका अध्यक्ष थिए । रायमाझी तत्कालीन माओवादी केन्द्रको खेलकुद विभाग प्रमुख हुँदा ज्वाला पनि विभागमा थिए । त्यही बेला रायमाझीसँग ज्वालाको सम्बन्ध स्थापित हुन पुगेको थियो । वाइसीएलमा लागेर सम्पत्ति कमाउन सफल भएको आरोप पनि ज्वालामाथि लाग्दै आएको छ । 

रायमाझीकाे बेग्लै चलखेल 

 सत्तारूढ नेकपाको विवाद बढ्दै जाँदा केपी ओली र प्रचण्ड–माधव नेपाल समूह शक्ति आर्जनमा लागिरहेका छन् । पार्टीमा हाबी हुन उनीहरूले आफ्नो गुटका जोगाउने र अरूतिरका तान्ने प्रयत्न गरिरहेका छन् । 

यही क्रममा केही नयाँ समूह पनि नेकपाभित्र जन्मिएका छन् । यसअघि कहिल्यै गुट निर्माण नगर्ने टोपबहादुर रायमाझीले समेत गुट निर्माण गरेको चर्चा नेकपामा चलेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिकिएको आरोप रायमाझीमाथि लगाए पनि उनले पूर्वमाओवादी खेमाका नेता भेला पारेर समूह तयार पारेका छन् । उनको समूहमा मणि थापा, चक्रपाणि खनाल, हरिबोल गजुरेललगायत ९ जना चर्चित नेताहरु रहेको बताइएको छ ।

‘प्रचण्डले निश्चित व्यक्तिलाई मात्र चेप्ने र अरूलाई इग्नोर गर्ने गरेकाले नेकपामा टोपबहादुरको अलग्गै समूह बनेको छ,’ स्रोतले भन्यो । टोपबहादुर रायमाझीलाई आफ्नो गुटमासमावेश गराएर गुट बलियो बनाउने प्रयत्नमा रहेका गृह मन्त्री रामबहादुर थापा बादलले पनि कोसिस जारी राखेको स्रोत बताउछ ।   

नेकपाभित्रको विवाद बल्झँदै जाँदा प्रचण्ड घाटामा पर्दै जान थालेका छन् भने प्रधानमन्त्री केपी ओलीले अवस्था सुधार गर्दै गएका छन् । पछिल्लो पटक जन्मिएको गुटले उनलाई थप रक्षात्मक बनाएको नेकपा एक नेताले बताए । 

माधव नेपाल समूह भने अहिले पनि एक ढिक्का रहेको स्रोत बताउछ । पूर्वमाओवादी खेमाबाट मन्त्री भएका लेखराज भट्ट र रामबहादुर थापा बादल प्रधानमन्त्री ओलीलाई साथ दिन भनेर अघि सरेपछि माधव नेपाल समूहबाट मन्त्री बनेका भने अहिले पनि नेपाल पक्षमा नै दृढ रहेको स्रोत बताउछ ।