🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जसले एकचिम्टी नुन र रोटीसमेत खान पाएनन्

काठमाडौं । २०७७ भदौ २ गते । रात आफ्नो लयमा अघि बढ्दै थियो । हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहले जाँगर चलाएर सुख्खा रोटी हाले ।

\"\"
राति ९ बजेको हुँदो हो । रोटी तयार भयो । त्यसलाई उनले जतनपूर्वक कचौरीमा राखे । सितनका लागि पातमा थोरै नुन अनि अम्खरामा पानी पनि ।

पिर्कामा टुसुक्क मात्र बसेका थिए, भोजन ग्रहणका लागि श्रीराम । तर निर्दयीहरूले दुःख–सुख गरेर जोरजाम गरेको त्यो भोजनसम्म पनि उनलाई ग्रहण गर्न दिएनन् । गोली दागेर उनको प्राण लिई छाडे । 

जिल्ला प्रहरी कार्यालय, रौतहटका डीएसपी भरत श्रेष्ठका अनुसार, माधवनारायण नगरपालिका–२ स्थित हनुमान मन्दिरका पुजारी साहको कन्चटमा गोली हानिएको छ । तर निरीह पुजारीको यसरी अकाराण क्रुर हत्या गर्नुको कारण अहिलेसम्म खुलेको छैन ।

 सबैतिरबाट ठगिएका थिए पुजारी
पुजारी साहले सांसारिक जीवनको पाटो रोजेका थिए । श्रीमती पनि थिइन् । तर उनीबाट कुनै जायजन्म भएन । 

जीवनमा सबैतिरबाट ठगिएकाले हुनसक्छ, उनी भगवानको शरणमा पुगेका थिए । तैपनि उनको रक्षा भएन । ‘सायद भगवान् पनि निर्दयी भइदिए । यदि दया हुन्थ्यो भने आफ्नै भक्तको यो नियति किन हुन्थ्यो होला र ?,’ स्थानीय सुनील कुश्वाहले भगवानसँगै दुखेसो गरे । 

स्थानीयका अनुसार, केही वर्षअघिसम्म खेसहरियामा मन्दिर थिएन । उजाड थियो त्यो टोल । राम र उनकी अर्धांगिनीेले नै त्यहाँ मन्दिर खडा गरेर हराभरा पारेका थिए । 

०७६ जेठमा मन्दिर बनेपछि पुजारी साह श्रीमतीसँगै बस्दै आएका थिए । यही मन्दिरमा चढाइने भेटीघाटी र दानले उनको जीवनको रथ जसोतसो घस्रिएको थियो । दिन बितिरहेकै थियो । यही क्रममा उनको दुःख–सुखको साथी श्रीमतीलाई पनि दैवले खोसेर लगे । 

त्यसपछि भने उनी नितान्त एक्लो बने । निरस जीवन बिताइरहेका थिए केही समययता उनी । दुःख–बिराममा तँलाई के भयो भनेर सोधिदिने र तातो पानी तताएर दिनेसमेत कोही थिएनन् उनका । तैपनि निर्दयी राक्षसहरूको पत्थरको मन पग्लिएन । ठूलै अपराधी भएजसरी रोटीमा नुन चोपेर खानसमेत नदिई हत्या गरे ।  

रोइरहेछ खसरिया 

निरीह पुजारीको हत्यापछि खेसहरिया र आसपासको टोलमा अहिले शून्यता छाएको छ । आँखामा राख्दा पनि नबिझाउने असल पुजारीको हत्या किन भयो ? स्थानीयले प्रश्न गरिरहेका छन् । तर अहिलेसम्म जवाफ पाएका छैनन् । 

‘दुःख–सुख गरेर जीवनको दिन काटिरहेका थिए । कसैलाई हानि पुर्याएका थिएनन्,’ स्थानीय खुसीलाल साहले एकसाथ आक्रोस र दिक्दारी पोखे, ‘कसैको केही बिगार नगर्दा पनि उनले यो देशमा बाँच्न पाएनन् । दुष्टहरूको यो कर्मले मन भतभती पोलिरहेको छ । तिनलाई कहिल्यै सुख नहोस ।’

 अकारण पुजारीको हत्यापछि गाउँ आतंकित बनेको उनले बताए । ‘कसैको बिगार नगरेका पुजारीको हत्या गर्नेले अरूलाई पनि यही नियतिमा पुर्याउने हुन् कि भनेर हामीलाई डर लागिरहेको छ ।’ 

राज्य नागरिकको अभिभावक हो । नागरिकमाथि अन्याय हुँदा यही अभिभावकले मल्हम पट्टी लगाउँछ भन्ने सुनेका थिए, खुसीलालले । तर अहिलेसम्म यति ठूलो घटनामा सरकार प्रतिक्रियाविहीन हुँदा उनलाई निकै चित्त दुखेको छ । ‘राज्य अबला नागरिकको अभिभावक भन्ने कुरा त आदर्श मात्र रहेछ नि ?’ खुसीलालले प्रश्नमाथि प्रश्न तेर्साए, ‘यदि राज्य अभिभावक हुन्थ्यो भने अहिलेसम्म किन चुप बस्थ्यो र ?’

दलसँग त उनको गुनासो छैन । किनकि, उनलाई दलले भोटका लागि राजनीति गरेको राम्रोसँग थाहा छ । बरु सानातिना घटनामा समेत माइतीघर र शान्तिबाटिकामा प्रदर्शन गर्नेहरू कता हराए भन्ने लागिरहेको छ । 
  

अझै खुलेन पोयो 

पुजारी साहको हत्यालगत्तै राति नै प्रहरी घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय, रौतहटका डीएसपी भरत श्रेष्ठले भोलिपल्ट सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भनेका थिए– यसबारे अनुसन्धान गरिरहेका छौं । 

घटना घटेको २०७७ भदाै ८ गते सोमबार ६ दिन पुगेकाे छ । तर प्रहरीले अहिलेसम्म कसले, किन हत्या गर्यो भन्ने क्लुसमेत भेट्न  सकेको छैन । 

सरकार र नागरिक समाजमाथि प्रश्न 

पुजारीको हत्याले धेरैको मन रोएको छ । सबैलाई स्तब्ध पारेको छ । यसलाई मानव सभ्यताकै कलंकित घटनामध्ये एक मान्दा फरक नपर्ला । तर घटनाबारे अहिलेसम्म सरकारले कुनै प्रतिक्रिया दिन आवश्यक ठानेको छैन । 

आफ्ना कार्यकर्ताको हत्या हुँदा सडक तताउने राजनीतिक दल ६ दिन बित्दासमेत मुखमा ताल्चा ठोकेर बसेका छन् । 

चर्को आलोचनापछि लोकलाज छोप्न केही नेताले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर औपचारिकता निभाएका छन् । कांग्रेस नेता विमलेन्द्र निधिले ५ दिनपछि घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । 

राजधानीको माइतीघरमा साना साना विषयलाई लिएर प्रदर्शन हुने गरेका छन् । 'नन इसु'मा समेत सामाजिक सञ्जाल फोहोर हुने गरेको छ । तर पुजारी हत्याको विषयमा भने अहिलेसम्म धेरैको बोली बन्द छ । 

सामाजिक सञ्जालमा देवेन्द्र कोइरालाले यही रवैयाप्रति कटाक्ष गर्दै लेखेका छन्– नुन र सुख्या रोटी खाँदाखाँदै रौतहटमा भदाै २ गते बुधबार राति श्रीराम साहमाथि गोलीहानी हत्या गरिएको छ । तर कोही बोल्दैनन् । अधिकारको डलरेखेती गर्नेहरूको व्याडमा उनीसँग मिल्ने फसलको बीउ छैन । पार्टी बोल्न उनी कसैका कार्यकर्ता होइनन् । मिडियाका लागि उनी विज्ञापनका म्याटर होइनन् ।’ 

वरिष्ठ  पत्रकार देवप्रकाश त्रिपाठीले हिन्दूधर्ममाथि केही वर्षदेखि जारी आक्रमणको श्रृंखलाले सीमा पार गरेको टिप्पणी गरेका छन् । उनले सहनशीलतालाई कमजोरी ठानेर यस्ता घटना भइरहेको र अब पनि सहेर बसे नेपालीको रक्षा कठीन कार्य हुने ठोकुवा गरेका छन् । उनले कति साधुसन्त मारिएपछि जाग्ने भन्ने प्रश्न गर्दै इतिहास र धर्मको रक्षाका लागि आह्वान गरेका छन् ।  

‘माओवादीको युद्धमा गोबध सुरु भयो, हामी धर्मपक्षकाहरू मौन बस्यौं ! मन्दिर तोडफोड र मूर्ति  फोहोर गरियो, धर्मगुरु र पण्डितको हत्या भयो, हत्यारालाई मन्त्री बनाइयो, हरेक सन्दर्भमा हामी मौन बस्यौं,’ त्रिपाठीले पुजारी हत्याको भोलिपल्ट फेसबुकमा लेखेका छन्, ‘हत्याको क्रम जारी छ ! अहिले रौतहटमा पुजारी मारिएका छन, अब अति भयो ! हाम्रो सहनशीलतालाई कमजोरी ठानिँदैछ ।

 आफ्नो धर्म सस्कृति, सभ्यता, परम्परा र इतिहासको रक्षाका निम्ति हामी सनातनी (हिन्दु, बौद्ध , किराँत , जैन, शिख, मैत्रीय, बोन आदि) हरू अब पनि संगठित र एकीकृत नहुने हो भने नेपालीत्वको रक्षा  एउटा कठिन कार्य हुने निश्चित छ । अब कतिजना साधुसन्त मारिएपछि हामी जाग्ने ? कति मठ मन्दिर , गुठी र गुम्बा नास गरिएपछि हामी उठ्ने? लौन केही गरौं !’