केन्द्रीय कमिटीको बैठकले निर्णय गरो पार्टीमा अब कुनै गुट छैन । गुट गर्नेलाई कार्यबाही हुनेछ । १० बु“दे संकल्प प्रस्ताव पारित पनि भयो । तर व्यवहारमा पार्टी भित्र रहेको गुट सकिएन । गुट गर्नेलाई कही“कतै कार्यबाही गरेको पनि सुनिएन । आफैले गरेको निर्णयलाई नेताहरूले नै कार्यान्वयन गर्नु भएन ।
२०१७ मार्च ३१ मा पहिलो चरणको निर्वाचन अगाडि र दोस्रो चरणको निर्वाचन अगाडि २६ मेमा मैले यसै भित्तामा लेखेको थिए“ । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले हार ब्यहोर्नु परो भने त्यसको कारण अरू केही हुने छैन सिवाय हाम्रो पार्टी भित्रको चरम् गुटबन्दी ।
पहिलो चरणमा काठमाडौं महानगरपालिका र त्यस आसपासका नगरपालिकाहरू तारकेश्वर, नागार्जुन, चन्द्रागिरीलगायतमा नै देखियो पार्टीभित्र रहेको गुट जिउ“दै छ भनेर । बाहिर जिल्लाको म चर्चा गर्दिन पछि कसैले लेख्नु होला ।
दोस्रो चरणमा म जन्मेको जिल्ला भोजपुरको सदरमुकाममा रहेको भोजपुर नगरपालिकामा प्रष्ट देखियो पार्टीभित्र रहेको गुटबन्दी । ३४ भोटले मेयरले हार्नु भो ७२ भोटले उप मेयरले जित्नु भो तर झण्डै ७४ वटा भोट यस्तो आयो ६ सूर्यमा तर मेयरमा भने रूखलाई । भोजपुर नगरपालिकाको टक्सारमा नै यस्तो अवस्था देखिएछ । यो ७४ भोट एमाले कार्यकर्ताको होइन भनेर मलाई बुझाइ दिने कसले । अनि मेरै भोटले एमाले हारोस् र कांग्रेस जितोस् भनेर गरेको होइन भनेर मेरो पार्टीका कुन नेताले म जस्तो कार्यकर्ताको चित्त बुझाइ दिनु हुन्छ होला । अनि कसले हाम्रो पार्टीमा गुट छैन त्यसको अन्त भइ सक्यो भनेर मलाइ ढुक्कका साथ पार्टी काममा लाग्न प्रेरणा दिनु हुन्छ होला । पार्टीमा कसले हिम्मत गर्नुहोला यो काममा लाग्नेलाई आजबाट कमरेड तपाईंको सदस्यता सकियो भनेर भन्न । एउटा भयंकर पीडाबाट तंग्रिन नपाउदै अर्को भयंकर पीडा त्यो गणेशलाई किन । ६ वटा सूर्यमा भोट हालेर गणेशलाई भोट दिन नसक्ने त्यो एमालेले किन सुरूमा गणेशका बिरूद्धमा आफ्नो कमिटीमा प्रतिवाद गर्न सकेन । के कारणले त्यो ब्यक्ति पार्टी कार्यकर्ता भएर पार्टी कमिटीको निर्णय मान्न बाध्य भएन । के पार्टीका कोही नेताहरू यसका लागि जिम्मेवार छैनन् ? के भोजपुरको एमाले यसको लागि जिम्मेवार छैन ?
अन्तमा
जितेका सबैलाई शुभकामना तथा बधाई । यो जित तपाईंको होइन एमालेको हो अनि हारेका सबैलाई सहानुभूति यो हार तपाईंको होइन एमालेको हो । यो हार र जितमा गुटलाई कही“कतै कसैले देख्दैन । सबैतिर सबैले देख्छ केबल नेकपा एमाले । यो हारले कुनै गुटलाई खुसी त बनाउला तर पार्टीलाई कहिल्यै बलियो बनाउन सक्दैन । मैले बुझेको पार्टी कुनै अमुक चिज होइन । बैधानिक रूपमा ब्यबस्था गरिएको कमिटी प्रणाली नै पार्टी हो । –समिर नेपाल




