🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रहरीमा घुमुवा अप्रेसन, जनकपुरका परेनन्

बर्दिवास । तस्करलाई सघाएको भन्दै सप्तरीदेखि पर्सासम्मका प्रहरी प्रमुखहरूमाथि कारबाही भएसंगै सोही आरोपमा दुई नम्बर प्रदेशका आधा दर्जन जिल्लाका घुमुवाहरूलाई पुलिस हेडक्वार्टर तानेर निलम्बन समेत गरिसकेको खबर छ । निलम्बन हुनेहरूमा सप्तरीका घुमुवा मोती पटेल र प्रदीप यादब समेत रहेका छन् । 
यसैगरी सिरहाका घुमुवा शिवकुमार मण्डल र लहानका नाम खुल्न नसकेका चौधरी थरका रहेका छन् भने महोत्तरीका सई एम सुनारलाई नसिहत दिइएको समाचार छ । बा“की कयांै जनालाई अनुसन्धानका लागि हेडक्वार्टरमा तानेर अनुसन्धान गरिरहेको प्रहरी उच्च स्रोतले बताएको छ । तर धनुषाका घुमुवा सई जयलाल यादबको पहुँच प्रहरी प्रधान कार्यालय उजुरी छानबिन शाखासम्म भएकाले उनलाई चलाइएको छैन । उजुरी छानबिन शाखामा कार्यरत प्रहरी हबल्दार हरेन्द्र ठाकुरमार्फत् हेडक्वाटरका हाकिमसम्मलाई खुसी पारेका कारण उनलाई हालसम्म कुनै कारबाही नभएको बताइन्छ । 
जयलाललाई डीआईजीको संरक्षण
प्रहरी प्रधान कार्यालयले घुमुवाहरूलाई धमाधम कारबाही गरिरहेको बेला यहाँका घुमुवा सई जयलाल यादव भने महोत्तरीको गौशाला जाने तर्खरमा रहेका छन् । गौशाला यादवको दरबन्दी भए पनि काजमा धनुषा बस्दै आएका छन् । मध्य क्षेत्रीय प्रहरी कार्यालयका डीआइजी गणेश केसीले हाल रौतहट दरबन्दी भएका असई बब्लु ठाकुर, सर्लाही दरबन्दी भएका प्रहरी हबल्दार छविलाल साह, सई जयलाल यादवका साखै भतिजा सिन्धुली दरबन्दी भएका सिपाही जितेन्द्र यादव, अञ्चल प्रहरी कार्यालय जनकपुर काजमा रहेका नरेन्द्र मिश्रा लगायतका घुमुवा टोलीलाई जिल्ला, अञ्चल र मध्य क्षेत्रको जिम्मेबारी सई यादवलाई गौशालाबाट कमाण्ड गर्ने गरी जोगाउन खोजिएको उच्च स्रोतको दाबी छ ।
फस्टाउ“दै विषाक्त मदिराको कारोबार
यसअघि तत्कालीन एसपी सर्बेन्द्र खनाल र दिनेश अमात्यले धनुषाका सबै अबैध मदिरा उत्पादन गर्ने ब्यक्तिहरूलाई कानुनी दायरामा ल्याई सबै भट्टी पूर्णतः बन्द गरेका थिए । त्यसमध्ये पूर्र्वी धनुषाका बल्हा कठालका अबैध मदिरा उत्पादन गर्ने फुलकुमार चौधरी, जोगन यादब, बिन्देश्वर चौधरी, महेन्द्र चौधरी, बिरेन्द्र चौधरी, प्रदीप यादब, सबैलाका राम चन्द्र जयसवाल यदुकोहाका अयोधी चौधरी लागायतकाहरूले खुलेआम बिषाक्त मदिरा उत्पादन गरिरहेका छन् ।
तर हाल भट्टी भत्किएर लाखौं रुपैयाको क्षति बेहोरेका धाकड अबैध मदिरा उत्पादक इनर्वाका राजा गोइत, सिनुरजोराका गोरख यादब, यदुकोहाका श्याम चौधरी, कालीचरण साह लगायतकाहरूको भट्टी पूर्णतः बन्द छन् । केही बर्षअघि विषाक्त मदिरा सेवनबाट धनुषामा डेढ दर्जन ब्यक्तिको ज्यान गएको थियो । 
धनुषाबाट रमाना लिने तरखरमा रहेका सई यादवले भठ्ठीबालाहरूसंग भेटघाट तीब्र बनाएको र असारसम्मको महिनावारी असुली गर्न उद्दत छन् । यति हु“दाहु“दै पनि प्रहरी प्रधान कार्यालयले किन मौनता सा“धेको होला भन्ने प्रश्न धनुषा प्रहरीभित्रै चर्चाको बिषय बनेको छ । 
सई यादवबिरुद्ध संगठनभित्रैबाट विभिन्न निकायमा उजुरी परेको छ । उनले प्रहरी आचरण विपरीत क्रियाकलाप गरेको भन्दै प्रहरी प्रधान कार्यलय, नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धिकरण विभागलगायतका निकायमा उजुरी परेको खबर छ ।