🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोरोना सङ्क्रमणबाट बारामा थप एकको मृत्यु

बारा । कोरोना सङ्क्रमणबाट बारामा आज बिहान थप एक जनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका–६ का ६० वर्षीय रामध्यान चौधरीको गण्डक अस्पताल वीरगञ्जमा उपचारको क्रममा आज बिहान ४ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । 

    ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वाब सङ्कलन गरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनमा चार दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणबाट हालसम्म बारामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।