🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

केन्द्रीय कारागारका एक कैदीको कोरोनाबाट मृत्यु 

काठमाडौं । केन्द्रीय कारागारका एक कोरोना संक्रमित कैदीको मृत्यु भएको छ । 
 

मेगा अस्पतालमा उपचाररत ती कैदीको सोमबार मृत्यु भएको केन्द्रीय कारागारले जनाएको छ । 
 

०७७ भदौ १० गते कोरोना परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो । त्यसको ४ दिनपछि भदौ १४ गते उनको पोजेटिभ रिपोर्ट आएको कारागार स्रोतले जनाएको छ ।
 

कोरोनाका कारण ज्यान गुमाउने व्यक्ति ४० वर्षीय पुरुष हुन् । कञ्चनपुर कारागारमा रहेका उनलाई केही समयअघि केन्द्रीय कारागार सारिएको थियो । 
 

कारागार स्रोतका अनुसार, ती कैदी क्षयरोगबाट पीडित थिए । 

केन्द्रीय कारागारमा कैदीबन्दीको उपचार गर्न अस्पताल छ ।  जहाँ अहिले ७ सय जना बिरामी कैदीबन्दी छन् ।मंगलबार मात्रै पनि त्यहाँ २ जना कैदीको मृत्यु भएको थियो । यद्यपि, उनीहरुमा भने कोरोना देखिएको थिएन । 
मंगलबार बिहान थप २ जना कैदीको पनि उपचारका क्रममा मृत्यु भएको छ । तर, कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।