काठमाडौं, पुस २४ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा निर्माण हुनलागेको निजगढ बिमानस्थललाइ भारतीय आकाश प्रयोग गर्न भारत सरकारले स्वीकृति नदिएको मात्र हैन स्वीकृति नदिने लक्षण देखिएको भनेर नागरिक उड्डयन मन्त्रालयका उच्च श्रोतले भन्यो।
ठूला विमानहरु उडान वा अवतरण गर्दा नजिकै रहेको भारतीय आकाशको प्रयोग गर्नैपर्ने हुन्छ ।
‘धनगढीदेखि चन्द्रगढीसम्मका विमानस्थलमा भारतीय भूमि भएर विमान उड्न दिने छाँट देखाएको छैन।
भारतले सुरक्षाको कारण देखाउँदै आफ्नो आकाशमा नेपाली विमानलाई उडानको अनुमति नदिने गरेको स्रोतले बतायो ।
भैरहवामा बनिरहेको अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि भारतले आफ्नो आकाश प्रयोग गर्न स्वीकृति दिएको छैन ।
“भारतीय आकाश प्रयोग गर्न नदिने होभने निर्माण गरिनलागेका भैरहवा, निजगढ बिमानस्थल उपयोगहीन हुनेछ” श्रोतले भन्यो।




