🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आफूले आफैंलाई सुधारेर त्यो नर्कबाट बाहिर आएँ 

(समाजमा लागू पदार्थको दुर्व्यसन टाउको दुखाइको विषय बन्दै आएको छ । बालबालिकादेखि किशारकिशोरी, युवा यसको दुव्र्यसनमा फसेका छन् । यीमध्ये अधिकांश युवा छन् । देश निर्माणमा महत्त्वपूर्ण मेरुदण्ड मानिने युवा पुस्ता के कारणले लागू पदार्थको दुव्र्यसनीमा फसिरहेको छ ? कक्षा ८ देखि लागू पदार्थको दुव्र्यसनीमा फसेका र त्यसबाट मुक्त बनेर सामाजिक कार्यमा सक्रिय युथ फर नेसनका संस्थापक अनुप मगरसँग हामीले यिनै प्रश्नहरूको वरिपरि रहेर संवाद गरेका छौं । प्रस्तुत छ, कुराकानीको सारसंक्षेपः सम्पादक)  

०  दुर्व्यसनमा केटाकेटी, किशोर किशोरीदेखि बालबालिकासम्म परेका छन् । दुव्र्यसनीको संख्या नेपालमा किन बढिरहेको छ ? 

–हामी टेलिभिजन हेर्छौं । त्यसमा हामीले आइडल मानेका हिरो, हिरोइनले सानका साथ चुरोट, रक्सी खाएको दृश्य देखाइन्छ । समाजका अन्य अग्रजहरू पनि बिना हिच्किचावट सानका साथ सार्वजनिकस्थल, भोजभतेरमा चुरोट, रक्सी खाने गर्नुहुन्छ । यस्तो दृश्यले केटाकेटी र किशोरकिशोरीको मनोविज्ञान बिगारिरहेको छ । लागू औषध, चुरोट गाँजा, रक्सी खाँदा ठूलो मान्छे बनिन्छ भन्ने गलत छाप परिरहेको छ । लागू पदार्थको दुव्र्यसनी बढ्नुको यो नै सबै कारण होइन । तर यसले ठूलो भूमिका खेलेको छ भन्ने मेरो बुझाइ हो । 

० हाम्रा विद्यालय र कलेजका पाठ्यपुस्तकको भूमिका पनि शिक्षित बनाउन महत्त्वपूर्ण हुन्छन् । पढेका, बुझेकाहरू पनि कुलतमा छन् । यस्तोचाहिँ किन भइरहेको होला ? 

–हो, हाम्रो पाठ्यपुस्तकमा मध्यपान, धुम्रपान गर्न हुँदैन भनेर लेखिएको छ । शिक्षकले पनि हामीलाई त्यहीँ पढाउनु हुन्छ । तर जुन शिक्षकले मध्यपान, धुम्रपान गर्न हुँदैन भनेर विद्यार्थीलाई पढाउँछ, उसले नै नजिकैको होटल र क्यान्टिनमा गएर निसंकोच चुरोट सल्काउँछ, रक्सी खान्छ । यस्तो दृश्य देखेका विद्यार्थीलाई लाग्छ–पुस्तकमा राखिएका विषय फगत पढ्ने चिज हुन्, व्यवहारमा उतार्ने होइनन् । अर्को कुरा, मध्यपान, धुम्रपान गर्न हुँदैन भनेर पुस्तकमा लेखिएको छ तर किन गर्न हुँदैन भनेर बुझाइएको छैन । समग्रतामा यसको व्यवहारिक पाटोलाई छर्लंग पार्न नसकेकाले पनि पाठ्यपुस्तकको प्रभाव कम भयो कि जस्तो लाग्छ । 

हाम्रा आफ्नै संस्कार र संस्कृति छन् । विश्वमा छुट्टै पहिचान छ नेपालको । तर हामीले हाम्रो परम्परा र संस्कृतिको उचित प्रचार गर्न सकेका छैनौं । बरु उल्टो अहिलेको पुस्ता विदेशी गीत, संगीत र परम्परामा झुम्ने भएको छ ।  विदेशी गीतमा गाँजा, रक्सी चुरोट खाएका दृश्य राखिने गरेको र ती कलाकारहरूलाई हाम्रा केटाकेटी र किशोरकिशोरीले आदर्श मान्ने गरेकाले पनि उनीहरूले कुलतमा लाग्नुलाई सामान्य ठान्ने गरेका छन् । 

० पारिवारिक अवस्थाले पनि यसमा भूमिका खेलेको छ भनिन्छ नि ? 

–कतिपय परिवारको आर्थिक अवस्था कमजोर हुन्छ । आर्थिक उपार्जनमा बढी समय खर्च गर्दा अभिभावकहरूले आफ्ना छोराछोरीको उचित ख्याल गर्न भ्याएका हुँदैनन् । उनीहरूलाई कसरी छोराछोरीको ख्याल गर्ने भनेर सिकाइएको पनि हुँदैन । कतिपय सम्पन्न परिवारले छोराछोरीमाथि लगानी गरेका त हुन्छन्, तर उसको सरसंगत, आनीबानीमा निगरानी गरेका हुँदैनन् । यसले गर्दा अभिभावकले थाहा नपाउँदै केटाकेटी र किशोरकिशोरी कुलतमा फसिसकेका हुन्छन् । 

 ० के ग¥यो भने यो क्रम रोकिएला ? 

–जन्मिएपछि एक दिन मर्ने हो, मोजमस्ती गर्नुपर्छ भन्ने मानसिकता धेरैमा पाउँछु । देश, जनता, समाज र परिवारप्रति धेरै मान्छे बेमतलबी छन् । त्यसैले पहिलो त मानिस भएर जन्मिएपछिको कर्तव्य के हो, बुझाउनु प¥यो । अर्को महत्वपूर्ण कुरा जनचेतना हो । लागू पदार्थको कुलतमा फस्दा पारिवारिक, आर्थिक, सामाजिक रूपमा पुग्ने क्षतिबारे बुझाउन सक्नुप¥यो । चुरोट, गाँजा खाएर हिँड्ने युवापुस्ता बोकेर नयाँ नेपाल बनाउन सकिन्न । त्यसैले राज्यले पनि यसमा गम्भीरता देखाउनु पर्छ । 

० कुलतमा फसेकाहरूलाई त्यसबाट मुक्त गर्न समाजले खेलेको भूमिकालाई कसरी हेर्नु भएको छ ? 

–कुलतमा फसेकालाई माया र हौसलाको खाँचो हुन्छ । सबैबाट माया र हौसला दिने हो भने उनीहरू पनि त्यो नर्कबाट सहज जीवनमा फर्किन सक्छन् । यसमा समाजको अहं भूमिका हुन्छ । तर समाजले आफ्नो दायित्व निर्वाह गरेको छैन । दुव्र्यसनीमा फसेकालाई माया र हौसला दिनुपर्नेमा अपमान गरिरहेको हुन्छ । यसमा सुधार हुन जरुरी भइसकेको छ । 

० कुलतमा फसेकालाई त्यसबाट मुक्त गर्न रिह्याबलिटी सेन्टरको भूमिका महत्वपूर्ण हुन्छ । नेपालका रिह्याबलिटी सेन्टर उपयुक्त छन् ?   

–चरालाई पिँजडामा राखेर थुन्ने हो भने ढोका खोल्ने बित्तिकै त्यो भाग्छ । त्यसलाई रत्याएर राख्ने हो भने कहीँ पनि जाँदैन । बसिराख्छ । नेपालका रिह्याबलिटी सेन्टर चरा थुन्ने पिँजडाजस्ता छन् । कुलतमा फसेकालाई रत्याएर राख्नुपर्नेमा जबरजस्त राखिन्छ । गल्ती गर्दा पनि तल्लोस्तरको व्यवहार गरिन्छ । सकारात्मक सोच विकास गर्ने भन्दा पनि नकारात्मकता तिर लगिन्छ । त्यसैले रिह्याबलिटी सेन्टरबाट फर्किएपछि सुधार हुनुपर्नेमा धेरैजसो मानिस फेरि दुव्र्यसनीकै संगतमा पुग्छन् । 

० कुलतमा फसेका या मानसिक रूपमा विक्षिप्त हुँदा परामर्श पाउनु भयो कि भएन  ? 

–मानसिक विषयलाई नेपालमा पूरै नजरअन्दाज गरिएको छ । सरकारले मेन्टल इस्युुको बारेमा बोल्न पनि सकेको छैन । समाजले पनि उसलाई स्वीकार्दैन । मैले अघि नै भनेँ नि डिप्रेसनमा गएकालाई साथ चाहिने बेला उल्टै पीडित बनाइन्छ ।

० तपाईंचाहिँ कसरी लागू पदार्थको दुर्व्यसनमा फस्नु भयो, बताइदिनुहोस् न ? 

–त्यो समय ९ कक्षामा पढ्थेँ । सुजन, सरोजलगायत साथी थिए मेरा  । परिवारभन्दा उनीहरू मेरा नजिक थिए । बुवा विदेश हुनुहुन्थ्यो । त्यसैले साथीहरूसँगै बस्थेँ । खान्थेँ, खेल्थेँ । मेरो संगतमा रहेका साथीहरू लागू पदार्थको दुव्र्यसनीमा फसिसकेका रहेछन् । सधैं त्यसको सेवन गर्ने । मलाई पनि कर गर्थे । सुरुमा इग्नोर गर्थेँ । नखाऊ भनेर साथीलाई पनि सम्झाइयो । भनिन्छ नि, संगत गुनाको फल । त्यस्तै भयो । जस्तो संगत, उस्तै भइने रहेछ । जति पन्छिन खोज्दा पनि सकिएन । साथीलाई सम्झाउने म स्वयम् कतिबेला कुलतमा फसेँछु, पत्तै पाइनँ । 

० साथीहरूले लागू पदार्थको नसामा लठ्ठिनेचाहिँ कसरी बनाए नि  ?

–सुरुमा चुरोट खान सिकाए । त्यसपछि रक्सी, गाँजा, भाङ, धतुरो खान थालियो । पोल्याण्ड, ब्याकलगायत धेरै थरीका लागू औषध सेवन गरियो । १ वर्ष अचाक्ली खाइयो । सेवन नगरेको धेरै भएकाले कति नाम त अहिले बिर्सिसकेँ । 

० बजारचाहिँ कस्तो छ, कहाँ कहाँ पाइन्छ  ? 

–लागू पदार्थ दुव्र्यसनीहरूको लिंक हुन्छ । पैसा भयो भने सहजै आफूले चाहेका ड्रग किन्न पाइन्छ ।  

० ड्रगिस्टले बबण्डर गर्छन् भनिन्छ । तपाईंले चाहिँ के–के गर्नुभयो   ?

–लागू पदार्थको दुर्व्यसनमा फसेकाहरूको संसार नै छुट्टै हुन्छ । म नै सबैथोक हुँ , शक्तिशाली छु भन्ने भ्रम हुन्छ । म सोझो, कसैसँग झगडा नगर्ने स्वभावको । तर दुव्र्यसनमा लागेपछि झगडा गर्न मात्रै मन लाग्ने । कसैले राम्रै नजरले हेरे पनि कर्के नजर लगाएजस्तो देखिने । साना–साना नभएका कुरालाई समस्या बनाएर झगडा गर्न मन लाग्ने । लागू पदार्थ दुव्र्यसनीको आआफ्नो ग्याङ हुन्छ । हाम्रो पनि थियो । घमण्डले चुर यस्ता ग्याङबीच प्रायः लफडा हुन्छ । हाम्रो र अर्को समूहबीच एकपटक कोटेश्वरमा  झगडा भयो । बाइकमा आएका विरोधी समूहलाई हामीले खेद्यौं । उनीहरू भागे । भाग्ने क्रममा तिनीहरू जाममा फस्न पुगे । हामीले त्यसको फाइदा लियौं र बेस्सरी पिट्यौं । उनीहरूले पनि हामीलाई पिटे ।

चोट पनि लागेको थियो । त्यही बेला प्रहरी आएर मेरा दुई साथीलाई समातेर लग्यो । म र अरू साथी भने भाग्न भ्यायौं । प्रहरीले समात्ने सम्भावना रहेकाले साम्य नहुन्जेल भ्याली बाहिर गएर लुक्यौं । यो घटनामा प्रहरीले मलाई वान्टेडको सूचीमा नै राखेको छ भन्ने सुनिन्थ्यो । तर समात्नचाहिँ समातेन । म र मेरा साथी यस्ता धेरै झगडामा सामेल भयौं । मेरो कामचाहिँ प्रायः झगडाका लागि साथीहरू भेला पारिदिने, संयोजन गर्ने हुन्थ्यो । 

० ग्याङचाहिँ स्वतः स्फुर्त तयार हुन्थ्यो कि, कसरी हुन्थ्यो  ? 

–लागू पदार्थ सेवन गर्नेको आफ्नै जक्सन हुन्छ । हामीले पनि एउटा क्याफेलाई जक्सन बनाएका थियौं । यसरी जक्सनमा जाँदा धेरैसँग चिनजान, सम्पर्क हुन्थ्यो ।  मन मिल्ने नजिकिएर साथी बन्थे । तिनलाई आफ्नो ग्याङमा सामेल गर्दथ्यौं । 

० गुण्डागर्दी गर्नेको आफ्नो एरिया हुन्छ भनिन्छ । ड्रगिस्टहरूको पनि आफ्नै क्षेत्र हुन्छ कि  ? 

–हुन्छ । यो एरिया हाम्रो हो । अरू यो क्षेत्रमा आउन सक्दैनन् भन्ने घमण्ड हुन्छ । कहिलेकाहीँ यस्तै शक्ति संघर्षका कारण एउटा ग्याङ र अर्को ग्याङबीच झगडा पनि हुन्थ्यो । 

० लागू पदार्थ सेवन गर्न रकम चाहिन्छ । त्योचाहिँ कसरी जुटाउनु हुन्थ्यो  ? 

–मेरो एउटा साथी सानै उमेरको भए पनि ग्रिलको काम गर्दथ्यो । ठेक्का लिन्थ्यो । उसको आम्दानी राम्रो भएकाले पैसाको धेरै समस्या हुँदैनथ्यो । कहिलेकाही घरबाट केही कामका लागि भनेर पैसा हात पर्दथ्यो । त्यस्तो पैसा तोकिएको शीर्षकमा खर्च नगरी लागू पदार्थ खरीद खर्च गरिन्थ्यो ।

० परिवारले चाहिँ थाहा पाएनन्  ? 

–तपाईंको छोरा बिग्रन्छ अब भनेपछि परिवारले मलाई ८ कक्षादेखि नै होस्टलमा राखेका थिए । तैपनि…। 

 ० भनेपछि राजधानीका होस्टल कुलतमा फस्न चाहनेका लागि स्वर्ग रहेछ होइन  ? 

–होस्टलको भन्दा पनि दोष त आफ्नै हो । तर जसरी होस्टलले निगरानी गर्नुपर्ने हो, त्यो गर्दैनन् । 

० कुलतमा डुबेको मान्छे हत्तपत्त बाहिर आउन सक्दैन भनिन्छ । तपाईंचाहिँ यो लतबाट कसरी स्केप हुनुभयो  ? 

–म अन्तिम अवस्थामा पुगिसकेको थिएँ । मेरो परिवार र प्रियजनलाई अब म रहन्नँ, सरी भनिसकेको थिएँ । एकपटक प्राइभेट होस्टलमा बस्ने साथीले मलाई बोलाएको थियो । त्यहाँ गाँजा चुरोट, रक्सी खान रोकतोक थिएन, फ्री थियो । केही साथी र म त्यहाँ गयौं । रक्सी खायौं । ओभरडोज भएछ त्यो दिन । मलाई केही थाहा भएन । उक्त क्षण मलाई आफू बिग्रिएको महसुस भयो । कुलतमा फसेर जीवन समाप्त भएकाहरूलाई एक एक गरी सम्झिएँ । निकै डर लाग्यो । त्यसपछि मैले अब यसरी हुँदैन । लागू पदार्थको दुव्र्यसन छाड्छु भनेर प्रण गरेँ । र, त्यसपछि, आफूले आफैंलाई सुधारेर त्यो नर्कबाट बाहिर आएँ । 

० कति सजिलो हुँदो रहेछ ? 

–प्रण गरेर लाग्ने हो भने नसकिने केही हुँदैन । 

० अहिले के गर्दै हुनुहुन्छ ? 

–अहिले दुईवटा संस्थामा जोडिएको छु । लिओ क्लब अफ काडमान्डु रेजेन्सी र युथ फर नेसनमा आबद्ध छु । युथ फर नेसनको चाहिँ म संस्थापक हुँ । यसले विभिन्न सरसफाइलगायतका काम गरिहरहेको छ ।