🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेकपाका प्राध्यापक जिल्लिए !

काठमाडौं । पोखरा विश्वविद्यालयको नेतृत्व गर्ने चाहना पालेका सत्तारूढ नेकपानिकट प्राध्यापक हेरेको हे¥यै भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्रीलाई समेत जानकारी नदिई कांग्रेसनिकट प्रेमनारायण अर्याललाई उपकुलपति नियुक्त गरेपछि सत्ताधारी दलनिकट प्राध्यापक जिल्लिएका हुन् ।

१३ महिनाअघि चिरञ्जीवी शर्माले विश्वविद्यालयको उपकुलपतिबाट बिदा लिएपछि नेकपाका दुई प्राध्यापकले यसमा तीव्र रुचि देखाएका थिए । पूर्वएमाले खेमाका यादवप्रसाद लामिछाने र पूर्वमाओवादीनिकट देवराज अधिकारीले रुचि देखाएको बताइन्छ । स्रोतका अनुसार, प्रधानमन्त्री र शिक्षामन्त्रीसमेत यसमा विभाजित बनेका थिए । प्रधानमन्त्रीको चाहना लामिछानेलाई पोखरा विश्वविद्यालयको भीसी बनाउने थियो भने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अधिकारीलाई अगाडि बढाउन चाहन्थे । जानकारहरूका अनुसार १३ महिनासम्म पोखरा विश्वविद्यालय नेतृत्वविहीन हुनुको मुख्य कारण यही थियो ।

 प्रधानमन्त्री र शिक्षामन्त्रीबीचमै कसलाई भीसी बनाउने भन्ने सहमति जुट्न नसकिरहेका बेला अन्ततः पोखरा विश्वविद्यालय कांग्रेसनिकट प्राध्यापकको पोल्टामा परेको छ । स्रोतका अनुसार, विश्विद्यालय नियुक्तिको समग्र प्याकेज सहमतिअनुसार प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेर पोखरा विश्वविद्यालयमा भीसी नियुक्त गरेका हुन् । कांग्रेसनिकटलाई विश्वविद्यालयको साँचो सुम्पिएपछि सत्ताधारी दलका प्राध्यापक हिस्स परेका छन् ।

कांग्रेसनिकट प्राध्यापक संघका पूर्वअध्यक्ष अर्याललाई भीसी नियुक्त गर्ने निर्णय भए पनि अहिलेसम्म नियुक्तिपत्र भने दिइएको छैन । नियुक्तिबारे जानकारी पाए पनि अहिलेसम्म आफूले नियुक्तिपत्र भने पाइनसकेको अर्यालले बताए ।

पोखरा विश्वाविद्यालयले महिनौंपछि भीसी पाए पनि रेक्टर, डिनलगायतका कैयन पद भने अझै रिक्त अवस्थामा छन् । ती पद कहिले पूर्ति हुने हुन् टुंगो छैन ।  विश्वविद्यालयका महत्वपूर्ण पद रिक्त हुँदा १ सेमेस्टर नै खेर जाने अवस्था आए पनि सरकारले चासो नदेखाएको गुनासो विद्यार्थीले गरेका छन् ।