🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सैनिकहरूको राशन स्केलमै ठगी : क्वारेन्टाइनमा डिउटी गर्ने पीडित सैनिक व्यथा 

नेपाली  सेनाको जंगी अड्डाभित्र कार्यरत अधिकृतहरूलाई के कोराना पु्रफ नै हुन् र ? कोरोना प्रुफ भनौ भने जङ्गी अड्डामा कोरोना फैलाउने पहिलो व्यक्ति नै सेनानी दर्जाको अधिकृत हुन् । अहिले आएर कोरोना फैलाउने अन्य दर्जा पदिक हो भनेर जङ्गी अड्डामा कार्यरत अन्य दर्जा पदिकहरूले नारकीय जीवन बिताउन परिरहेको दुखद् अवस्था छ ।

नेपाली सेनाको जङ्गी अड्डामा कार्यरत अन्य दर्जा पदिकहरूलाई आफ्नो घर आउन जान समेत बन्देज लगाएर कोरोना फैलाउने अधिकृतहरू चाहिं हप्तामा एकदिन मात्र कार्यालय आएपनि हुने ! उनीहरूलाई चाहिं सँधै घर आउने जाने गर्छ । के उनीहरू क्वारेन्टाइनमा पनि बस्न नपर्ने सँधै घरबाट आउने जाने गर्ने किन नि ? अधिकृतहरूलाई सँधै आउने जाने गर्दा उनीहरूले चाहिं कोरोना भाएरस फेलाउन सक्दैनन् र ? भनेर रिपोर्ट गर्दा कार्यरथीको एकजना कर्नेलको उत्तर थियो अधिकृतहरूको चाहिं आफ्नै साधन र घर छ रे ? सबै अधिकृतको घर काठमाण्डौंमा नै भएको सत्य नै हो त ? हामीले पनि देखेका छौं कति अधिकृतहरू हैसियत के छ ?

दर्जामा सामानुपातिकबाट अधिकृत दर्जामा जागिर खाए, अधिकृतमा हुनुपर्ने गुणहरू पनि नभएका रहेका छन् । क्वारेन्टाइन बस्नु कोरोना रोकथामको प्रमुख उपाय हो तर क्वारेन्टाइनको कागजी स्वीजरल्याण्ड बनाएका पनि छन् तर फिल्डमा के छ ? कसैलाई थाहा छ ? खै त सुत्ने ठाउँको सामाजिक दूरी, खै त खानेपानी लगायत शौचालयको छुट्टै व्यवस्था र सुविधा ? सैनिकको अवस्था फिल्डमा हेर्न भनेर मूर्ति जस्ता अधिकृत खटाइएका पनि रहेछन् कागजमा खै त ? नेपाली सेनाको क्वारेन्टाइन हेर्न गएका ? क्वारेन्टँइन अनुगमन गर्ने, हेर्ने अधिकृत चाहिं सँधै घर जाने ? ती अधिकृतहरूले ओहोदोहोर गर्दा कोरोना क्वारेन्टाइनमा सारे भने को जिम्मेवारी ? के अन्य दर्जामा ड्राइभर ट्रेडका सिपाही पदिक पर्दैनन् उनीहरू चाहिं किन सँधै घरको बास ? अधिकृत कोरोनाभन्दा ठूलो देवता र भगवान भए ?

  ड्राइभरहरू पनि ठूलै देवताकै कोटीभित्र परे त ? क्वारेन्टाइनमा खाने त स्केल नै हो त ? औंसी एकादशीको अण्डा र मासुको स्केल खै त ? किन नखुवाएको ? स्केलको खाने कुरामा तरकारी के को हो किन चिन्न सकिदैन । विहान बेलुकाको खुराकमा खानेकुराको ठेकेदारले कागजमा दिएको स्केल र खाना दिएको खाने कुरामा के कस्तो छ ? ठगेको छ कि छैन भनेर किन निरीक्षण गरिदैन ? निरीक्षणको नाममा यो गरें त्यो गरें भनेर  भन्ने ज¨ी अड्डाले के हेरेर बसेको छ ? हामी पीडितहरूले सेनाको सुझाव पेटीकामा दिएको सुझावहरू कहाँ कसले गायव पा¥यो ? कि अधिकृतहरूको पनि घर जान आउन बन्द हुन्छ भनेर गायव पारियो त ? 

 कागजी राशनको  नीति नियम कहिले व्यवहार(भान्सा)मा लागू गर्ने ? खुराकको वास्तविक स्केल कहिले कार्यान्वयन हुने ? के कोरोना भन्दा ठूला देवतालाई मात्रै  लागू हुने हो राशनको स्केल ? र यस्तै चाल हो भन्ने त अन्न र पौष्टिक खाना खाने त नेपाली सेनाका अधिकृतहरूले मात्रै हो भन्न पनि बेर लाग्दैन जस्तो छ । 

 के एउटा सिपाही सुतेको, खाएको कुरा अधिकृतस्तरमा लागू गर्दा हुन्न र ? के सँधै घर जाने आउने अधिकृतको लुगा धोइ दिंदा, खाएको भाडा माझि दिंदा सिपाहीलाई कोरोना सर्दैन ? सिपाहीहरू घर जाँदा आउँदा चाहिं कोरोना सार्छ भनेर क्वारेन्टाइन मै थुनेर राख्ने । क्वारेन्टाइनमा सिपाही सुत्ने ठाउँ खै ? क्वारेन्टाइनमा मनोरञ्जनको सेवा सुविधा खै ? क्वारेन्टाइनमा डिउटी गर्ने सिपाहीहरू डिप्रेसनमा गए भने भोलि के अवस्था होला ?  वेयलफेयरको ठूलठूला कुरा गर्ने नेपाली सेनाको जङ्गी अड्डामा नै खै वेयलफेयर ?  रिपोर्ट गर्दा चाहिं हामी अमेरिकन आर्मीको स्तरमा पुगिसकेका छैनौ रे ! तर अधिकृतवर्ग चाहिं अमेरिकन आर्मीको स्तरभन्दा पनि माथिल्लो स्तरका भईसके रे ?  अधिकृत चाहिं किन ब्यारेक भित्र नबसेको भन्दा अधिकृतको चाहिं बस्ने ठाउँ नै छैन रे ? सिपाहीले मात्र पाल र प्लाष्टिकको ब्यारेक रे † के सिपाही चाहिं लामखुट्टे लाग्ने, पानी चुहिने, हिलो, चिसो जहाँ सुते पनि हुने र ?  यी हाम्रा पीडाका कुराको चिफ सा’बबाट यथार्थ सुनाई होस् । 

– क्वारेन्टाइनमा खटिएका सेनाका जवानहरू, ‘कोरोना सार्ने’ आरोप लागेका पीडित सिपाहीहरू)