काठमाडौं । केही समयदेखि अवरुद्ध चीनको जिलोङ–रसुवागढी सडक सञ्चालनमा आएको छ ।
निरन्तरको पहिरो र वर्षाले अवरुद्ध जिलोङ–रसुवागढी सडक शुक्रबारदेखि पुनः सञ्चालनमा आएको चिनियाँ राजदूत होउ यान्छीले जनाएकी छन् ।
लगातारको वर्षा र पहिरोले अवरुद्ध जिलोङ सहरदेखि रसुवासम्मको सडक तिब्बतको स्थानीय सरकारको दिनरातको प्रयासले बिहीबारदेखि सञ्चालनमा आएको छ,’ राजदूत यान्छीले ट्विट गर्दै भनेकी छन् ।
विभिन्न खाले सामान बोकेका सवारी साधनको आवागमन सहज पार्न सडकलाई पुनः सञ्चालनमा ल्याइएको राजदूत यान्छीको भनाइ छ ।
चीनतर्फको रसुवागढी नाका अवरुद्ध बनेपछि लोड गरेर नेपालतर्फ आउन लागेका हजारौं सवारी साधन बाटोमै रोकिएका थिए । अब ती सवारी साधन नेपाल भित्रिन सहज भएको छ ।




