प्रवचनको क्रममा भर्तृहरिलाई सोधियो– हामी कस्तो मानिस हुनुपर्छ ? भर्तृहरिले जवाफमा भने– कामको आधारमा चार प्रकारका मानिस हुन सक्दछन् । उत्तम कोटीका मानिस विना कुनै स्वार्थ रातदिन परोपकार गर्दछन् ।
दोस्रो कोटीका मानिस आफ्नो स्वार्थका निम्ति काम त गर्दछन् तर अरुलाई नोक्सान भने पु¥याउँदैनन् । तेस्रो कोटीका मानिस आफ्नो स्वार्थ पूरा गर्नका निम्ति अरुलाई नोक्सान पु¥याउन कुनै संकोच मान्दैनन् ।
चौथो कोटीका मानिस राक्षसी दिमागका हुन्छन् र आफने आनन्दका निम्ति पशुवत व्यवहार गर्दछन् । उनको यस्तो प्रवचन सुनेपछि एकजना श्रोताले भने, त्यसो भए हामी के अरुको परोपकार गर्ने मानिस हुनुप¥यो ? जवाफमा भर्तृहरीले भने– आफू के बन्ने हो आफैं निर्णय गर्नुहोस् मैले भनेअनुसार होइन ।




