भ्रष्टाचारमा मुछिएका नेपाली सेनाका जर्नेलबारे अदालतले गरेको फैसलाबारे प्रकाशित समाचारमाथि विभिन्न क्रिया–प्रतिक्रियाहरू प्राप्त भएका छन् । तीमध्ये केही हामीले यहाँ प्रस्तुत गरेका छौंः
सबै हाकिमको सम्पत्ति छानबिन हुनुपर्छ
भ्रष्टाचारमा नेपाली सेनाका माथिल्लो तहका केही अधिकारीहरू त चुर्लुम्मसँग डुबेका छन् । भ्रष्टाचार नेपाली सेनाका केही अधिकारीका लागि त अभिन्न अंगजस्तै बनेको छ । उनीहरू उठ्दा, सुत्दा, बस्दा जे गर्दा पनि भ्रष्टाचार गरिरहेका छन् । नेपाली सेनाभित्र लुटको स्वर्ग मच्चाउँदा पनि सातखत माफी पाइने भएकाले यो प्रवृत्ति हिजो मौलाएको थियो । आज पनि उसैगरी विराजमान छ । र, भोलि पनि यसैगरी निरन्तर रहिरहने हाे कि भन्ने चिन्ता छ ।
सेनाभित्र मौलाएको भ्रष्टाचारलाई वैधता दिंदै जाने भए अलग कुरा नत्र यसबारे छानबिन गर्न अब बियालो गर्नु हुँदैन । म त भन्छु प्रसु (प्रमुख सुवेदार)देखि माथि सबै तहका हाकिमहरूको सम्पत्ति छानबिन गरिनुपर्छ । अनि थाहा हुन्छ, कहाँ, कसले, कसरी मिलाएर खाएका छन् ।
राज वराल




