🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सैनिक आवासीय महाविद्यालय–सुर्खेतका प्रिन्सिपलकाे भ्रष्ट क्रियाकलाप कसले हेर्ने ? 

सैनिक महाविद्यालय, रिपुमर्दिनी–बाँसबारीका प्रिन्सिपल तथा कर्मचारी विद्यार्थी भर्ना सम्बन्धी अनैतिक कार्य गरेका कारण बर्खास्त भएको बारे जानकारी पायौं । निश्चय नै गलतकार्य गर्नेलाई दण्ड/सजाय दिनु प्रशंसनीय कार्य हो । तर एउटलाई सजाय र अर्कोलाई अमन/चयन यो कतिको न्याय हो ?

यस्तै अनैतिक कार्य गरी सैनिक महाविद्यालय सुर्खेतमा राज गरी बसेकाहरुको पर्दाफास यस निष्पक्ष तथा स्वतन्त्र पत्रिकामार्फत विशेषगरी चिफसाब तथा सम्पूर्ण जनतालाई सूचित गर्न चाहन्छौं । स्मरण रहोस् आरोपित पक्षहरुसँग हाम्रो कुनै पनि व्यक्तिगत रिसिवी÷मनमुटाव रहेको छैन । हाम्रो उद्देश्य भनेको सत्य–तथ्य उजागर भई दोषीहरुलाई समान कार्वाही होस् भन्ने मात्र हो । 

रिपुमर्दिनी महाविद्यालयमा भएको कालो कर्तुत जस्तै सैनिक आवासीय महाविद्यालय–सुर्खेतमा त्यस्तै कार्य भइरहेको छ । यस महाविद्यालयका(प्रिन्सिपल)थिर बहादुर थापा र (खरीदार)ओम घर्ती मगर मिलेर महाविद्यालयमा कतिसम्म अनियमित काम गरेर रजाई गरी आएका छन् त्यसको लेखा–जोखा गर्ने कसले ?

(खरीदार)ओम घर्ती मगर सल्लाघारी–भक्तपुरबाट सुर्खेतमा स्थापना हुन लागेको महाविद्यालयमा तत्कालीन प्रिन्सिपल भीमबहादुर बस्नेतसँगै सुर्खेत आए र महाविद्यालयको कार्यालयतर्फ कार्यालय सहयाेगी पदमा कार्य गर्ने अवसर पाए । प्रिन्सिपल भीमबहादुर बस्नेतको चाकडी गरे बापत बढुवा पनि भए । प्रिन्सिपलसँग मिलेर विद्यार्थी भर्ना र सिपाही भर्ना गरिदिए बापत रकम असुल्नुका साथै विभिन्न क्षेत्रका व्यक्तिलाई प्रभावमा पार्न सक्षम भए ।

प्रहरीदेखि सैनिक ओहोदाकाउच्चपदस्थ व्यक्तिका साथ पाए । शिक्षक–कर्मचारीदेखि व्यापारीसम्मलाई आफू अनुकूल पारे । आफ्नी श्रीमती हीरा घर्ती (मगर)लाई प्रश्नपत्र उपलब्ध गराई आया पदबाट खरीदार बनाउन सफल बने । आफू पनि मुखिया पदबाट खरीदार पदमा पदोन्नति भए ।

निज खरीदार ओम घर्ती मगर एक टुक्रा जमिन नभएका अहिले सम्पन्न भएका छन् । सामान्य कर्मचारीले सम्पत्ति आर्जन गर्ने भन्दा बढी सम्पत्ति आर्जन गरेका छन् । घर–घडेरी, सम्पूर्ण परिवारको इन्सोरेन्स भर्न, बहिनीलाई काठमाडौ बसाली एम.पी.एच. सम्म पढाईको सम्पूर्ण खर्च व्यहोरेका छन् । एक सामान्य कर्मचारीले आर्थिक अनियमितता नगरी यतिका सम्पत्ति आर्जन गर्न असम्भव नै छ । उनको स–परिवारको नाममा रहेको सम्पत्ति रोक्का गरी छानबिन गरे उनले गरेका हालसम्मको सबै कुरा उजागर हुन्छ नै । 

यसै गरी प्रिन्सिपल पदको परीक्षामा अनुत्तीर्णका बावजुद २०७३ सालमा नियुक्ति पाई आएका प्रिन्सिपल थिर बहादुर थापा पद बहाली भएको ३ महिना नबित्दै कक्षा ८ मा अध्ययनरत विद्यार्थीले मार्कसिट च्यातेको निहु“मा विद्यार्थीहरुलाई लात–मुड्कीबर्साइ अमानवीय आचरण प्रदर्शित गरे । राष्ट्रिय वरिष्ठ संगीत शिक्षक (कुलमान नेपाली)माथि लात बजारे ।

जतिबेला पनि प्रिन्सिपलको अघिपछि आइस्योस् र गइस्योस् लाउने तत्कालीन सम्पर्क अधिकृत लोकेश केसीले प्रिन्सिपल थिर बहादुरले विद्यार्थीमाथि हातपात गर्दा रमिते मात्र बने, एक सिपाहीलाई राजीनामा दिन बाध्य बनाई जागिर खाए । आफू मात्र राम्रो देखिन चाहने र अरुले अलिकति राम्रो लगाएको देखे रिस गर्ने बानी भएका मेजर लोकेशले महाविद्यालयमा केवल राम्रो फूलबारी र प्रतिक्षालय बनाए अनि कर्नेलको फुलीलगाई बिदाभए ।

प्रिन्सिपल थिरले पृतनापतिलाई बाइपास गरी आफ्नी श्रीमतीलाई (लाईब्रेरी खरीदार)पदमा र काका भरतलाई (लेखा.ना.सु.)पदमा जागिर खुवाए । शिक्षक बैठकमा आनो भाषण सुन्न कारण बस अनुपस्थित भएको बहानामा एक कुशल शिक्षकलाई राजीनामा दिन बाध्य बनाए ।  यस्ता कुकीर्ते कार्यको उजुरी लिई मध्य–पश्चिम पृतना पुग्दा सो उजुरी लिनै मानिएन र सोही निवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गराउन खोज्दा सेना सम्बन्धी हेर्न नमिल्ने बताइयो । आखिर सेनाका विभिन्न कार्यालयमा भइरहेको अख्तियारको चरम दुरुपयोग हेर्ने जिम्मा चाहिं कसको हो, चिफसाब ?

हाम्रै रगतपसिनाले ठडिएको यो महाविद्यालयमा बसेर अख्तियारको चरम दुरुपयोग गरी सु–सम्पन्न भएका यस्ता हाकिमको सेवक बन्नु पर्दा आत्मा पोल्ने रहेछ, चिफसाब । आर्थिक लाभका कारण जस्तोसुकै विद्यार्थी भर्ना गर्ने प्रवृत्तिले गर्दा यस महाविद्यालयको गरिमा र शैक्षिक अवस्था नाजुक रहेको छ ।

रिपुमर्दिनी महाविद्यालयमा भएको कार्वाही जस्तै यस महाविद्यालयमा छल गरी नियुक्ति दिइएका र नियुक्ति दिएका सबैको पद बर्खास्ती होस् । चिफसाब, यदि यिनीहरुलाई कार्वाही हुँदैन भने रिपुमर्दिनीका बर्खास्त प्रिन्सिपल तथा कर्मचारीलाई पनि पुनर्बहाली गरियोस् किनकि न्याय–दण्ड सदा समान हुनुपर्छ । 

चिफसाब, प्रिन्सिपल पदमा सिभिल व्यक्ति बहाली गर्नुको साटो बरु पूर्व कर्साबहरुलाई सो जिम्मेवारी दिंदा chain of command  पनि राम्रो हुने र महाविद्यालयको गरिमा पनि उच्च हुने हाम्रो विश्वास रहेको छ । छिमेकी मुलुक भारतमा पनि सैनिक महाविद्यालयको प्रिन्सिपल जर्साब रहने पनि सर्वविदितै होला भन्ने आशा गरेका छौं । जय सैनिक–जय देश । 
–पीडित देशभक्त सिपाहीहरु