🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित ६ जना पक्राउ

ललितपुर, २०७७ कात्तिक २४ गते । महालक्ष्मी नगरपालिका-४ ईमाडोलबाट करिब ३ ईन्च लम्बाइ र १ फिट चौडाई भएको १ थान दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ ठेगाना भएका ४३ वर्षीय सुनिल गोले, भक्तपुर ठिमी बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-४ भर भएका २४ वर्षीय प्रकाश तामाङ, ललितपुर टिकाथली बस्नेहरु भोजपुर ट्याम्केमैयु गाउँपालिका-२ घर भएका ४१ वर्षीय सन कुमार राई, खोटाङ दिक्तेल नगरपालिका-३ घर भएका १८ वर्षीय किशोर, ललितपुर इमाडोल बस्नेहरु ताप्लेजुङ फक्तङलुङ गाउँपालिका-४ घर भएका ३५ वर्षीय दिपक लिम्बु र सिन्धुली तिनपाटन गाउँपालिका-३ घर भएका २४ वर्षीय अम्बर बहादुर तामाङ रहेका छन् ।  

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोलस्थित दिपक लिम्बुको कोठाबाट उक्त छाला सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि आइतबार जिल्ला वन कार्यालय ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।