🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

“गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौँ ! 

  काठमाडाैं । संघीयता विरूद्ध संघर्ष गर्दै आएकाे संघीय व्यवस्थाकै  पूर्व उपप्रधानमन्त्री  अध्यक्ष चित्रवहादुर केसीकाे नेतृत्वमा रहेकाे   राष्ट्रिय जनमाेर्चाले पाँचसूत्रीय नारा तय गर्दै आन्दाेलन गरेकाे घाेषणा गरेकाे छ ।  राष्ट्रिय जनमाेर्चाले घाेषणा गरेकाे   आन्दाेलनकाे मूल नारा चाहिं  “गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौँ !” रहेकाे छ । 

राष्ट्रिय जनमाेर्चाका अध्यक्ष अध्यक्ष चित्रवहादुर केसीद्वारा २०७७ मंसिर २१ गते  प्रेस विज्ञप्तिमार्फत घाेषणा गरिएका नाराहरू कार्यक्रम निम्न रहेका छन् । 

१. हाम्रो “गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौँ !” भन्ने मूल नाराका साथ हुने संघर्षका कार्यक्रमको स्वरुपमा केही फेरबदल गरिएकोले त्यसको जानकारीका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।

२.  मंसिर २२ गते १ बजे राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको आयोजनामा हुने “गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौँ !” भन्ने विषयमा हुने अनलाइन कार्यक्रम यथावत् छ । त्यसमा पार्टीका साथीहरु र जनसमुदाय समेत जोडिन सक्नुहुने छ । 

३. मंसिर २५ गते जिल्लास्तरमा देशव्यापी रुपमा खुला सभा तथा कोणसभाको कार्यक्रमहरु हुने छन् । यस्ता कार्यक्रमहरु प्रवासमा समेत हुने छन् । 

४. मंसिर २६ गतेदेखि पौष १० गतेसम्म जिल्ला, पालिका वा वडा स्तरमा सभा, कोणसभा, अन्तरक्रिया, पर्चा वितरण, विरोध प्रदर्शन, जुलुस, दौड, मोटरसाइकल ¥याली र अनलाइनबाट समेत कार्यक्रम गर्न सकिने छ ।

५. उक्त कार्यक्रमहरुलाई व्यापकरुपमा सफल पार्न पार्टीका सबै स्तरका समिति एवं आम जनसमुदायहरुमा हार्दिक अपील गर्दछौँ ।

(तस्विर : गुगल)