विश्वमा अजीव किसिमको प्रतियोगिताहरू भइराख्छन् । अझ विदेशतिर यस्ता अचम्मका प्रतियोगिताहरूको एकदमै प्रचलन छ । हालसालै यस्तै एउटा विचित्र किसिमको प्रतियोगिता सम्पन्न भएको छ । यस प्रतियोगितामा विश्वकै सबैभन्दा कुरुप र नराम्रो देखिने कुकुरहरू छनौट भएका थिए जसमा मार्था नाम गरेको कुकुरले पुरस्कार जितेको छ । ‘वल्र्डस् अग्लिएस्ट डग कन्टेस्ट’मा विश्वका कुकुरका मालिकहरू आफ्ना कुकुरसहित प्रतियोगितामा भाग लिन जम्मा भएका थिए । यो २९ औं प्रतियोगितामा ५७ किलोको मैस्टिफ ब्रीड कुकुर मार्थाले जितेको हो । यस प्रतियोगितामा अन्य १३ कुकुरलाई पछि पार्दै मार्थाले आफ्नो नाम लेखाउन सफल भएको छ । अब उसलाई १५ सय डलर र न्यूयोर्क घुम्नलाई ट्रिपको पुरस्कारको व्यवस्था गरिएको छ ।




